मेनु

रत्नबहादुर कार्कीले मोरङ–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिकाे उम्मेदवारी  ।थारू पाेर्टल

रत्नबहादुर कार्कीले मोरङ–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिकाे उम्मेदवारी  ।थारू पाेर्टल

मोरङ, असोज ,९,कानेपाेखरी ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै मोरङ क्षेत्र नं. २ बाट रत्नबहादुर कार्कीले महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।कार्कीले पार्टीलाई थप बलियो, एकताबद्ध र गतिशील बनाउने तथा संगठनमा युवाको नेतृत्व र सहभागिता बढाउने उद्देश्यसहित उम्मेदवारी अघि सारेका हुन्।

उनले जनताको आवाजलाई पार्टीको प्राथमिकतामा राख्दै मोरङको विकास र समृद्धिका विषयलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उम्मेदवारीसम्बन्धी प्रचार सामग्रीमा पार्टी संगठन सुदृढीकरण, युवा सहभागिता, जनताको मुद्दालाई केन्द्रमा राख्ने तथा मोरङको विकासका लागि आवाज उठाउने विषयलाई मुख्य एजेन्डाका रूपमा उल्लेख गरिएको छ।

कार्की कानेपोखरी गाउँपालिका–१ का निर्वाचित वडाध्यक्षसमेत हुन्। २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कार्की कानेपोखरी–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको नीति निर्माण तथा संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्यसहित आफू अघि बढेको कार्कीको प्रचार सामग्रीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।