मेनु

कानेपोखरीका डेनु कार्की कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवार ।थारू पाेर्टल

कानेपोखरीका डेनु कार्की कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवार ।थारू पाेर्टल

कानेपोखरी । नेपाली कांग्रेसको आसन्न प्रदेश महाधिवेशनका लागि मोरङ क्षेत्र नं. २(ख) बाट कानेपोखरीका युवा नेता डेनु कार्कीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय कार्की नेपाल तरुण दल कानेपोखरीका पुर्व उपसभापति तथा नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका वडा न- २ कार्यसमितिका निवर्तमान सचिव हुन्। उनी स्थानीय, संघीय तथा प्रदेश निर्वाचनका क्रममा पार्टीको निर्वाचन परिचालनसम्बन्धी जिम्मेवारीमा समेत सक्रिय रहँदै आएका छन्।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै प्रदेश महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका कार्कीले पार्टी संगठनलाई थप सुदृढ बनाउने, युवालाई नेतृत्व र संगठनमा सक्रिय बनाउने तथा पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने विषयलाई प्राथमिकतामा राखेको बताएका छन्।

कार्कीले ‘सशक्त कांग्रेस, समृद्ध नेपाल’ भन्ने अभियानसहित आफ्नो उम्मेदवारी अघि सारेका छन्। उनको प्रचार सामग्रीमा लोकतन्त्र, समाजवाद र समृद्ध नेपाललाई अभियानको आधार बनाइएको छ।

प्रदेश महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका कार्कीले पार्टीभित्र युवाको सहभागिता बढाउँदै स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनलाई थप गतिशील बनाउन भूमिका खेल्ने बताएका छन्।

Open photo

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।