मेनु

परम्परागत हानिकारक अभ्यासविरुद्ध कोशीमा संवाद कार्यक्रम सम्पन्न ।थारू पाेर्टल

परम्परागत हानिकारक अभ्यासविरुद्ध कोशीमा संवाद कार्यक्रम सम्पन्न ।थारू पाेर्टल

इनरुवा ।

सामाजिक परिवर्तन केन्द्रको आयोजनामा सुनसरीको कोशी गाउँपालिका–६ हरिपुरमा परम्परागत हानिकारक अभ्यास र सामाजिक मूल्यमान्यताले महिलामा पारेको असर विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ।‘Fostering Civic Engagement for a Peaceful and Climate Friendly Governance’ परियोजनाअन्तर्गत असोज १२ गते वडा कार्यालय भवनमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा समाजमा अझै पनि कायम रहेका महिला हिंसा, बाल हिंसा, बालविवाह, बाल यौन दुरुपयोग, घरेलु हिंसा तथा विभेदकारी सामाजिक मूल्यमान्यताका कारण महिला र बालबालिकाको जीवनमा परिरहेको नकारात्मक प्रभावबारे छलफल गरिएको थियो।

छलफलका क्रममा सहभागीहरूले यस्ता हानिकारक सामाजिक अभ्यास र हिंसाजन्य घटनाको न्यूनीकरणका लागि स्थानीय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। साथै, सामाजिक कुरीति अन्त्य गर्न नागरिकको सक्रिय सहभागिता र सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

 

कार्यक्रममा सहजकर्ता जयकृष्ण यादव, संवाद सहजकर्ता फुलकुमारी राम र जिल्ला संयोजक रमेश भट्टराईलगायतले सहजीकरण गरेका थिए।कार्यक्रममा स्थानीय महिला वडा प्रतिनिधिहरू क्रिसनी देवी भुजेल, कौशिला भुजेल, मायावती राई, रम्भा देवी मलाह, अमला देवी राई, चम्पा देवी सरदार, इनरवती देवी मण्डल, आशा देवी मण्डल, सीता देवी सदा र विमला देवी सदा लगायत स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रमले महिलामाथि हुने हिंसा, विभेद र हानिकारक परम्परागत अभ्यासविरुद्ध स्थानीयस्तरमा संवाद, सचेतना तथा नागरिक सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।