मेनु

पातिहाल्ने युवा क्लबको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुशील घर्ती मगर ।थारू पाेर्टल

पातिहाल्ने युवा क्लबको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुशील घर्ती मगर ।थारू पाेर्टल

निसीखोला ।असाेज।१३

बागलुङको निसीखोला गाउँपालिका–६, भल्कोतस्थित पातिहाल्ने युवा क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ ।क्लबको अध्यक्षमा सुशील घर्ती मगर चयन हुनुभएको छ भने सचिवमा बोम बुढा मगर चयन हुनुभएको छ । युवाहरूको सक्रिय सहभागिता, सामाजिक एकता र स्थानीयस्तरमा विभिन्न रचनात्मक तथा सामाजिक गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित नयाँ कार्यसमिति चयन गरिएको हो ।

 

नवनिर्वाचित अध्यक्ष घर्ती मगरको नेतृत्वमा क्लबले आगामी दिनमा युवाहरूको क्षमता विकास, खेलकुद प्रवर्द्धन, सामाजिक सेवा, सांस्कृतिक संरक्षण तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ ।स्थानीय युवाहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै क्लबलाई थप सक्रिय, सशक्त र प्रभावकारी बनाउन आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

नयाँ कार्यसमितिले युवाहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा सामुदायिक विकासका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।