मेनु

 मोरङ क्षेत्र नं. ३ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा मन कुमारी गुरुङ  ।थारू पाेर्टल

 मोरङ क्षेत्र नं. ३ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा मन कुमारी गुरुङ  ।थारू पाेर्टल

कानेपोखरी 
नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा आन्तरिक चुनावी रौनक बढिरहेका बेला कोशी प्रदेश अन्तर्गत मोरङमा पनि महाधिवेशनको सरगर्मी तीव्र भएको छ। यसै क्रममा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ३ (क) बाट युवा महिला नेतृ मन कुमारी गुरुङ ले प्रदेश महाधिवेशन प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएकी गुरुङले पार्टीभित्र सांगठनिक सुधार र युवा तथा महिलाहरूको नेतृत्वदायी भूमिका स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ। ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को मूल सिद्धान्तलाई आत्मसात् गर्दै पार्टीलाई स्थानीय स्तरमा थप बलियो र सुदृढ बनाउन आफू लागिपर्ने उहाँको प्रतिबद्धता छ।
विशेष गरी कानेपोखरी र आसपासको क्षेत्रमा शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएकी नेतृ गुरुङको उम्मेदवारीलाई स्थानीय कार्यकर्ता, महाधिवेशन प्रतिनिधि र शुभेच्छुकहरूले उत्साहका साथ लिएका छन्। क्षेत्र नं. ३ (क) भित्रका क्षेत्रीय प्रतिनिधिहरूले आफ्नो काम र योगदानको उच्च मूल्याङ्कन गर्दै आसन्न निर्वाचनमा आफूलाई अमूल्य मत दिएर विजयी गराउनेमा उहाँ पूर्ण विश्वस्त देखिनुहुन्छ।
पार्टीभित्र निष्ठावान् र जुझारु छविकी नेतृका रूपमा चिनिने मन कुमारी गुरुङको उम्मेदवारीले कोशी प्रदेश कार्यसमिति र प्रादेशिक संरचनामा महिलाहरूको प्रतिनिधित्व र आवाजलाई अझ प्रभावकारी ढंगले स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।