मेनु

कांग्रेस मोरङ क्षेत्र नं. ६ को अधिवेशनमा झडप, सभापतिका उम्मेदवारसहित तीन नेता घाइते ।थारू पाेर्टल

कांग्रेस मोरङ क्षेत्र नं. ६ को अधिवेशनमा झडप, सभापतिका उम्मेदवारसहित तीन नेता घाइते ।थारू पाेर्टल

मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनका क्रममा बुधबार आक्रमण हुँदा सभापतिका उम्मेदवार चुमनारायण तबदारसहित तीन नेता घाइते भएका छन्।

क्रियाशील सदस्यता विवादका क्रममा असन्तुष्ट पक्षले उनीहरूमाथि आक्रमण गरेको बताइएको छ। आक्रमणमा क्षेत्रीय सभापतिका उम्मेदवार तबदार, नेता चेतराज रेग्मी र समुद्र पोखरेल घाइते भएका हुन्।

आक्रमणबाट घाइते तीनै जना नेताको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

क्रियाशील सदस्यता विवादलाई लिएर अधिवेशनस्थलमा तनाव उत्पन्न भएपछि घटना भएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।