असाेज ,१४ ।बुधबार

रङ्गेलीमा नेपाली कांग्रेसले आगामी दिनमा आफ्नो संगठनलाई सक्रिय र प्रभावकारी बनाउन युवा पंक्तिलाई जिम्मेवारी दिएको छ । रंगेलीकाे नगर अधिवेशनको व्यवस्थापनका लागि पहिलोपटक शेर वहादुर देउवाका निकटतमका रुपमा रंगेलीका नरेश कुमार साहलाई जिम्मेवारी दिएको छ ।
युवा नेतृत्वलाई जिम्मेवारी दिएपछि पार्टीले त्यसको परिणाम वडा तहमा देखाउनुपर्ने देखिन्छ । वडा कमिटीलाई सक्रिय बनाउने, नयाँ पुस्तालाई पार्टीमा जोड्ने, पुराना कार्यकर्ताको अनुभवलाई उपयोग गर्ने र संगठनभित्र आपसी समन्वय कायम गर्ने विषय साहका लागि महत्वपूर्ण हुने देखिएको छ। १५औँ महाधिवेशनको तयारीसँगै रङ्गेली कांग्रेसले युवा नेतृत्वमाथि भरोसा गरेको देखिन्छ ।
अब नगरेश कुमार साहले पाएको जिम्मेवारीलाई संगठन विस्तार, कार्यकर्ता परिचालन र सफल वडा अधिवेशनमार्फत कस्तो परिणाममा बदल्छन्, त्यसले उनको नेतृत्व क्षमतासँगै रङ्गेली कांग्रेसको संगठनात्मक सक्रियताको पनि परीक्षा लिनेछ देखिएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।