बुटवल ।असाेज।१४

रुपन्देही जिल्लाभित्र रहेका सि.एच.आई.टि.एफ. तेक्वान्दो खेलाडीहरूको पेटी परीक्षा सम्पन्न भएको छ।रुपन्देही जिल्ला सि.एच.आई.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष बोम बुढा मगरको नेतृत्वमा २०८३ असोज १० गते शनिबार बुटवलको मिलनचोकस्थित द ग्रेभ गोर्खा डान्स एकेडेमीको सभाहलमा परीक्षा सञ्चालन गरिएको हो।
जिल्लाभित्र रहेका विभिन्न डोजाङका कलर बेल्ट तहका खेलाडीहरूको सहभागितामा सम्पन्न परीक्षामा महिला १सय र पुरुष १सय२५ गरी कुल २सय२५ जना खेलाडी सहभागी भएका थिए।परीक्षामा खेलाडीहरूले आफ्नो तहअनुसार तेक्वान्दोको सीप, अनुशासन, शारीरिक क्षमता तथा प्राविधिक दक्षता प्रदर्शन गरेका थिए।
संघले जिल्लामा तेक्वान्दो खेलको विकास, विस्तार र खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नियमित रूपमा यस्ता परीक्षा तथा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।