मेनु

‘म शासन गर्न होइन आवश्यक पर्दा शिक्षकहरुलाई सहयोग गर्न आएको हुँ’ विव्यस अध्यक्षः डम्बर राई ।थारू पाेर्टल

‘म शासन गर्न होइन आवश्यक पर्दा शिक्षकहरुलाई सहयोग गर्न आएको हुँ’ विव्यस अध्यक्षः डम्बर राई ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता

असाेज-१५ गते

नव गठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बाछना राईले आफू विद्यालय व्यवस्थापन समितिमा शासन गर्न नभएर आवश्यक पर्दा शिक्षकहरु र विद्यालयलाई सहयोग गर्न आएको बताउनु भएको छ । नमुना घोषित पञ्चायत माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा डम्बर बाछना राई लगायत समिति सर्वसहमत निर्वाचित हुनु भएको थियो । नयाँ समितिका पदाधिकारी सदस्यहरु र शिक्षक तथा कर्मचारीहरुसँग आज (बुधवार) अन्तरक्रियात्मक परिचय कार्यक्रम राखिएको थियो । विद्यालयमा १ सय २० भन्दा बढी शिक्षक तथा कर्मचारी, ३ हजार बढी विद्यार्थी रहेको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताउनु भयो ।

नव गठित समितिका अध्यक्ष डम्बर बाछना राईले आफू विशुद्ध सेवकको रुपमा काम गर्न आएको र विद्यालयलाई अघि बढाउन शिक्षक कर्मचारीहरुबाट सोही अनुसार सहयोग मिल्ने विश्वास रहेको बताउनु भएको छ । विद्यालयमा पठन पाठन, शैक्षिक वातारणको साथै अतिरिक्त क्रियाकलापमा विद्यालयलाई अघि बढाउन विशेष ध्यान दिइने बताउनुभयो । निजी स्वार्थलाई लिएर विद्यालयलाई असयोग हुने कार्य कोहीबाट पनि नहुने अध्यक्ष राईको भनाइ छ । कार्यक्रममा प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले विद्यालयको भौतिक, शैक्षिकको साथै विभिन्न तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष वर्तमान प्रमुख सल्लाहकार युवराज बास्कोटा, वर्तमान सदस्य भूपेन्द्र तिम्सिनाले नयाँ समितिलाई सुझाव तथा राय राख्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा विज्ञान विभाग प्रमुख चक्रधर गौतम, व्यवस्थापन शिक्षा, मानविकी विभाग प्रमुख जीवनबाबु बस्नेत, सिविल इन्जिनियरिङ विभाग प्रमुख कमल भट्टराई, सहायक प्रधानाध्यापक समेत रहनु भएका नेपाली विभागतर्फबाट मोहन शर्मा, अंग्रेजी विभाग प्रमुख शभ्भु थापा, आधारभूत तह प्रमुख सिर्जना राई, बाैद्धिक अपाङ्गता विभागका मेनुका राईको साथै गणेश विष्ट, अर्जुन जम्नेली राई लगायतले सुधार गर्नुपर्ने विषयहरु सुझावको रुपमा राख्नु भएको थियो । विद्यालयको प्रधानाध्यापक अर्जुनकुमार बढाथोकीको अनिवार्य अवकार असोज १७ गतेदेखि हुँदैछ ।

 

पञ्चायत माविमा मावि द्धितिय तहका एक मात्र शिक्षक टिका घिमिरे हुनुहुन्छ । सिनियरिटीको हिसाबले घिमिरेलाई कार्यबाहक प्रधानाध्यापक दिएर जाने वर्तमाना प्रधानाध्यापक अर्जुंन बुढाथोकीले बताउनु भयो । विद्यालय व्यवस्थापन समितिले नयाँ प्रधानाध्यक्षक नियुक्तिको लागि निर्णय गरेर पथरीशनिश्चरे नगर शिक्षा समितिमा पत्र पठाएपनि हालसम्म प्रक्रिया नबढेको बुझिएको छ । वर्तमान सरकारको पछिल्लो पत्र अनुसार एक साथ प्रक्रिया अघि बढ्ने बुझिएको छ । यद्यपि पञ्चायत माविमा भने टिका घिमिरे पञ्चायतमा भएका शिक्षकहरु भन्दा एक तह माथि (द्धितीय श्रेणी), अनुभव, योग्यताको हिसावले समेत अगाडि रहेकाले उहाँले नयाँ प्रधानाध्यापक हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।