असाेज। १५ ,बिहीबार।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रङ्गेली नगरपालिका ५ वडा कार्यसमितिले एक कार्यक्रमकाे आयोजना गर्दे जितिया पर्वको अवसर पारेर विशेष जितिया पर्व महोत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
रङ्गेली–५ स्थित आमगाछीमा स्थानीय महिला, बालबालिका, समाजसेवी, बुद्धिजीवी तथा रास्वपाका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता समेत रहेको थियो। कार्यक्रम काे प्रमुख अथिति रास्वपाकी कोशी प्रदेश सहमहामन्त्री मञ्जरी घिमिरे , विशिष्ट अतिथि महाधिवेशन प्रतिनिधि भुवनेश्वर साह, प्रदेश सदस्य सम्झना पण्डित, महाधिवेशन प्रतिनिधि बजरङ्ग अग्रवाल, नगर सभापति हरिन्द्र बराल, उपसभापति बसन्त मण्डल, बडा सभापति निराेज मंण्डल , केन्द्रीय सहकारी विभाग सदस्य वीरेन्द्र साह, जिल्ला प्रतिनिधि परमेश्वर प्रसाद साह, महेश खनाल, सुरेन्द्र मण्डललगायत स्थानीय समाजसेवी, महिला तथा बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मञ्जरी घिमिरेले जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गर्दै पुस्तौंदेखि चलिआएको मौलिक परम्परा र संस्कृतिको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने र नयाँ पुस्तालाई समेत आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण हुने बताईन । विशिष्ट अतिथिहरूले जितिया पर्व केवल धार्मिक आस्थासँग मात्र सम्बन्धित नभई पारिवारिक सुख, सन्तानको दीर्घायु तथा समुदायबीचको आपसी सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गरेका थिए। उनीहरूले आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा हराउँदै जान नदिन नयाँ पुस्तालाई यसको महत्व बुझाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा स्थानीय बालबालिकाहरूले जितिया पर्वको अवसरमा विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। जितिया पर्वको सांस्कृतिक पक्षलाई प्राथमिकता दिँदै आयोजना गरिएको कार्यक्रममा बालबालिकाको सहभागिताले नयाँ पुस्तामा समेत मौलिक संस्कृति र परम्पराप्रति रुचि जगाउने देखिएको थियो। कार्यक्रमको औपचारिक तथा सांस्कृतिक प्रस्तुति हन्डीफोर जस्ता कार्यक्रम समेत आयोजना गरिएको थियो। सांस्कृतिक कार्यक्रमले जितिया पर्वको मौलिकता, धार्मिक विश्वास र सामाजिक महत्वलाई समुदायस्तरमा प्रचार–प्रसार गर्न सहयोग पुग्नुका साथै महिला, बालबालिका र युवापुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने अवसर प्रदान गरेको थियोे ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।