मेनु

रंगेलीमा वडा संगठन विस्तार तीव्र संयोजक तोकिए।थारू पाेर्टल

रंगेलीमा वडा संगठन विस्तार तीव्र संयोजक तोकिए।थारू पाेर्टल

असाेज ।१५ बिहीबार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै रंगेली नगरपालिकामा देउवा समूहले संगठन विस्तार तथा वडा अधिवेशनको तयारीलाई तीव्र बनाएको छ। विभिन्न वडामा वडा संयोजक तोक्दै टोल–टोलमा संगठन निर्माण र अधिवेशनको तयारी अघि बढाउन जिम्मेवारी दिएको छ।

निर्वाचनका लागि रंगेली संयोजक नरेश कुमार साहका अनुसार वडा अधिवेशनलाई व्यवस्थित बनाउन हालसम्म विभिन्न वडामा संयोजक तोकिएकाे जनाएका छन। तोकिएका संयोजकहरूमा वडा नं. २ मा मोहन कुमार श्रेष्ठ, वडा नं. ३ मा राजन शिवाकोटी, वडा नं. ५ मा विनोद कुमार मण्डल केवट, वडा नं. ६ मा मुकेश कुमार मण्डल (डायमण्ड), वडा नं. ७ मा मचिन्द्रबहादुर कटुवाल र वडा नं. ९ मा राजेन्द्र खड्का रहेकाे साहले जानकारी दिएका छन ।

आ–आफ्नो वडाका टोल तथा बस्तीमा पुगेर कांग्रेसको संगठनात्मक अवस्था बुझ्ने, कार्यकर्तासँग समन्वय गर्ने तथा नयाँ संगठन निर्माणलाई प्राथमिकता दिन निर्देशन दिइएको बताइएका छन । आगामी वडा अधिवेशनलाई लक्षित गर्दै विभिन्न समूहले आ–आफ्नो संगठन बलियो बनाउने प्रयास गरिरहेका बेला देउवा समूहले पनि रंगेलीमा वडा तहबाटै संगठन परिचालन थालेको हो। संगठन विस्तारलाई प्रभावकारी बनाउन सके आगामी अधिवेशनमा समूहको संगठनात्मक उपस्थिति बलियो बनाउन सकिने अपेक्षा समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।