असाेज।१८,कानेपोखरी (मोरङ) ।

मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ३ हरकपुरमा अवस्थित श्री लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत ६२ जना जेहेन्दार तथा विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको छ। ‘गोकुलप्रसाद गंगामाया राई शैक्षिक अक्षयकोष’ को प्रायोजन तथा विद्यालयको सह-आयोजनामा एक विशेष कार्यक्रमका बीच उक्त छात्रवृत्ति प्रदान गरिएको हो।
स्थानीय स्तरमा शिक्षाको विकास र विपन्न बालबालिकालाई शैक्षिक प्रोत्साहन गर्ने उद्देश्यका साथ स्थापना गरिएको २ लाख रुपैयाँको अक्षयकोषबाट प्राप्त ब्याज रकममार्फत विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइएको हो। वि.सं. २०६९ सालमा स्थापना भएको यस अक्षयकोषले विगत लामो समयदेखि हरकपुर क्षेत्रमा शैक्षिक सुधारका लागि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा यस्ता अक्षयकोषहरूले ठूलो आड भरोसा दिएको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रको रूपान्तरणका लागि पालिकाले सधैँ सकारात्मक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त दोस्रो छात्रावृत्ति कार्यक्रममा वडा अध्यक्ष, शिक्षा सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण काफ्ले, पूर्व वडा अध्यक्ष, पूर्व प्रधानाध्यापक तथा अक्षयकोषकी संरक्षक इन्दिरा राइ लगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो। कार्यक्रमका वक्ताहरूले २ लाखको यो गुडमूली अक्षयकोषले विपन्न बालबालिकाको विद्यालय टिकाइराख्न वरदान सावित भएको भन्दै कोषका संस्थापक परिवारप्रति आभार व्यक्त गर्नुभयो।प्रधानाध्यापक प्रधानाध्यापक याम कुमारी लिम्बू यस्ता प्रकारकाे काेषले विद्यालयलाइ निकै टेवा पुगेकाे छ भने अभिभावककाे मनाेबल वढनुकाे साथै विद्यार्थीमा पढने उत्प्रे्र्णा समेत जागेकाे बताउनु भयाे ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।