कानेपोखरी ।असाेज।१८
विद्यानन्द चाैधरी

थारू समुदायको महान् सांस्कृतिक पर्व जितियाको अवसरमा थारू कल्याणकारी सभा कानेपोखरीले जितिया विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

मोरङको कानेपोखरी गाउँपालिका–४ नारायणचोकमा आयोजित उक्त कार्यक्रम थारू कल्याणकारी सभा कानेपोखरीका अध्यक्ष विजय चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका–४ का वडाध्यक्ष रमेश राउतले मैनबत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा कानेपोखरी गाउँपालिका–५ का वडा सदस्य रखिलाल चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
अथितिहरूकाे पुर्व सभापती विद्यानन्द चाैधरी जितिया पर्वको सांस्कृतिक महत्व र थारू समुदायको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गायक सुनिल चौधरी र गायिका अञ्जना चौधरीको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो। उनीहरूको गीत तथा सांगीतिक प्रस्तुतिमा सहभागी दर्शकहरूले भरपूर मनोरञ्जन लिएका थिए।
त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरूले समेत आकर्षक नृत्य प्रस्तुत गरेका थिए। थारू समुदायको मौलिक संस्कृति, भेषभूषा, गीतसंगीत र कलालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमले जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्नुका साथै नयाँ पुस्तामा थारू भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।