पथरी शनिश्चरे समाचारदाता,
असाेज-२५ गते
लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पथरी शनिश्चरे–२, मोरङको २४औँ वार्षिक साधारणसभा असोज २५ गते सम्पन्न भएको छ।
![]()
साधारणसभाका अवसरमा संस्थाले पूर्व सञ्चालक तथा उत्कृष्ट बचत र ऋण कारोबारकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। संस्थाले पूर्व सञ्चालक शम्भुराज थापालाई सम्मान गरेको छ। त्यसैगरी, उत्कृष्ट बचत कारोबारतर्फ सोनी राई र जितबहादुर तामाङलाई पुरस्कृत गरिएको छ। उत्कृष्ट ऋण कारोबारकर्ताका रूपमा राजकुमारी राई र नरजङ्ग लिम्बुलाई पुरस्कार प्रदान गरिएको छ। उत्कृष्ट बाल बचत कारोबारकर्ताका रूपमा टेकेन्द्रकुमार श्रेष्ठ पुरस्कृत भएका छन्।
![]()
साधारणसभामा संस्थाका सचिव प्रतिमान राईले वार्षिक कार्यप्रगति विवरण तथा प्रस्तावित वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। त्यस्तै, आर्थिक प्रतिवेदन, लेखा प्रतिवेदन तथा प्रस्तावित बजेट सञ्चालक समितिका तर्फबाट कोषाध्यक्ष योगेन्द्र भण्डारीले प्रस्तुत गरेका थिए।

साधारणसभामा प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० देखि २०८२/०८३ सम्मको संस्थागत कोष, बचत तथा निक्षेप, बाह्य ऋण, लगानीमा रहेको ऋण, स्थिर सम्पत्ति, आम्दानी र खर्चको अवस्थालाई समेटिएको छ। साथै, आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न शीर्षकमा प्रस्तावित लक्ष्यसमेत प्रस्तुत गरिएको छ।

प्रतिवेदनअनुसार संस्थाले बचत तथा निक्षेप परिचालन, ऋण लगानी र आर्थिक कारोबारको अवस्थालाई समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि योजना अघि सारेको छ। संस्थाको आर्थिक प्रगति, आम्दानी तथा खर्चको विवरणले सहकारीको वित्तीय अवस्थाबारे जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।