असाेज ,२८ ।
रङ्गेली अस्पतालमा उपचारमा आएका रंगेली ४ चाेप्राहका गाैरव मंण्डलका हजुवुवा बर्ष ६५का दुर्गानन्द साहलाई डाक्टरकाे सल्लाह अनुसार उनकाे शरिरमा रगतकाे कमि भए पछि डाक्टरले बिहीबार दिउसाे वल्ड चडाउने क्रममा उनको A पाेजेटिव ग्रुप भएता पनि डाक्टर हरुले उनलाई AB पाेजेटिभ व्लड चडाएकाे मंण्डलले बताए। बिरामीका आफन्तले अस्पतालमा रहेको नेपाल रेडक्रस साेसाईटि बिराटनगर द्वारा राखिएको ब्लड बैंककाे कर्मचारी हरुकाे लापरबाही र डाक्टर तथा नर्स हरुकाे लापरबाही गर्ने कुनै पक्षलाई अस्पताल प्रशासनले अहिलेसम्म कुनै कार्वाही नगरेको प्रश्न उठान थालेका छन ।

यति ठुलाे घटना हुदा समेत अहिलेसम्म कुनै पक्षले पनि घटनाको निष्पक्ष छानबिन समेत नगरेकाे पिडित गाैरव लेे बताए । बिरामीका आफन्तका अनुसार एनिमिया अर्थात् रगतको कमीको समस्या देखिएपछि हजुरबुवालाई बुधबार रङ्गेली अस्पताल ल्याइएको बताए । ब्लड बैंकबाट प्राप्त रिपोर्टमा बिरामीको रक्त समूह AB Positive रहेको उल्लेख भएपछि सोही समूहको रगत व्यवस्था गरी चढाइएको आफन्तको भनाइ छ। तर रगत चढाउने क्रममा बिरामीलाई समस्या देखिएपछि आफन्तलाई शङ्का लागेको थियो। त्यसपछि उनले केही वर्षअघिको पुरानो मेडिकल रिपोर्ट हेर्दा बिरामीको रक्त समूह A Positive रहेको गणपतिले बताए । पुरानो रिपोर्टमा A Positive र ब्लड बैंकको नयाँ रिपोर्टमा AB Positive उल्लेख भएको विषयलाई लिएर आफन्तले तत्कालै नर्स तथा चिकित्सकसमक्ष प्रश्न उठाएकाे भएता पनि अहिलेसम्म कुनै सुनवाइ नगरेका आफन्तले बताए ।
चिकित्सक र कन्सल्टेन्टसँग कुरा गर्दा घटनाको जिम्मेवारी बारे पन्छिन खाेजेकाे र उक्त बिषयमा स्पष्ट जवाफ समेत नपाएकाे बताए । बिरामीलाई रगत चढाउनुअघि रक्त समूहको यकिन कसरी गरियो र फरक रिपोर्ट आउनुको कारण के हो भन्ने विषयमा स्पष्ट जानकारी नपाएको आफन्तको गुनासो गरेका छन । आफन्तका अनुसार रातिको समयमा बिरामीको रक्तचाप बढ्ने, टाउको दुख्ने र निद्रा नलाग्ने जस्ता समस्या देखिएकाे समेत बताए । अस्पताल प्रशासन प्रमुख ओम प्रकाश यादव (ओपी)का अनुसार बल्ड बैंक नेपाल रेडक्रस साेसाईटि बिराटनगरकाे माहत्तमा रहेको र आफुहरूलाई बल्ड बैककाे कुनै बिषय समेत थाह नहुने भएको भन्दै पंछिन खाेजेका छन ।

तर आफुहरुलाई यस्तो जानकारी आएपछि उक्त बिरामीको बारेमा बारम्बार चिकित्सक हरुसंग सहकार्य र उनकाे अवस्था बारेमा बारम्बार जानकारी समेत लिईरहेकाे समेत बताए । रगत चढाउने क्रममा बिरामीको रक्त समूहको पहिचान, क्रस-म्याचिङ प्रक्रिया, रगत जारी गर्ने प्रणाली तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीको भूमिकाबारे निष्पक्ष छानबिन हुनुपर्ने आफन्तको माग समेत गरेका छन । यस बिषयमा अस्पताल प्रश्नले गैर जिम्मेवारी तरिका बाट त्रुटी गर्ने सबै पक्षलाई राखेर अनुसन्धान गर्नुपर्ने र आगामी दिनमा समेत यस्तो लापरबाही हुन नदिन आवश्यक कदम चलाउनुपर्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।