मेनु

पीडित परिवारलाई सद्भावको सहयोग।थारू पाेर्टल

पीडित परिवारलाई सद्भावको सहयोग।थारू पाेर्टल

असाेज २८।बुधबार

मोरङको रङ्गेली नगरपालिका–९ धनजुवाका महेन्द्र ऋषिदेवको परिवारलाई सद्भाव बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ।

महेन्द्रले सम्पर्कविहीन दुई छोरा र आर्थिक अभावका बीच पाँच नातिनी र एक नातिको पालनपोषणको जिम्मेवारी सम्हाल्दै आएका छन्।

परिवारको दयनीय अवस्थाबारे विभिन्न अनलाइन सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सहकारीले सहयोग गरेको हो। संस्थाले परिवारका लागि दाल, चामल, तेल र भुजा तथा विद्यालय जाने दुई बालिकालाई स्कुल ब्याग, कापी र डटपेन हस्तान्तरण गरेको छ।

संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, श्रीप्रसाद ठाकुर, राजदेव यादव लगायतले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। आर्थिक अभावसँग जुधिरहेको परिवारलाई सहयोग गर्दै संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ। घरबारको समस्या र जीविकोपार्जनको चुनौती सामना गरिरहेको ऋषिदेव परिवारलाई प्राप्त सहयोगले केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।