मेनु

पञ्चायत माविको पूर्व विद्यार्थी समाजमा टिकेन्द्र व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान ।थारू पाेर्टल

पञ्चायत माविको पूर्व विद्यार्थी समाजमा टिकेन्द्र व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान ।थारू पाेर्टल

शनिश्चरे समाचारदाता,

असाेज -३१ गते

मोरङको पथरीशनिश्चरे स्थित पञ्चायत माविको पूर्व विद्यार्थी समाजको आज भएको प्रथम साधारण सभाले समाजको नयाँ अध्यक्षमा टिकेन्द्र पौडेल (दिनेश)लाई चयन गरेको छ ।

साधारण सभाले उपाध्यक्षमा सन्तोष ढुङ्गेल, सचिवमा शरदचन्द्र दाहाल, सहसचिवमा सुरेन्द्र तिम्सिना, कोषाध्यक्षमा उमा अधिकारी सर्वसहमत चयन भएका हुन् । सदस्यहरुमा भिष्म न्याैपाने, नैना राई, गंगाराम गिरी, सुवास कार्की, गोपाल काफ्ले र तुलबहादुर दियाली सर्वसहमत चयन भएका छन् । यस अघि पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राई पूर्व विद्यार्थी समाजको अध्यक्ष रहेका थिए ।

अध्यक्ष राईको सभापतित्वमा भएको कार्यक्रम विद्यालयका पूर्व प्रधानाध्यपक तथा संविधान सभा सदस्य चण्डीप्रसाद राईको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री गीता तिम्सिना, विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद घिमिरे, निवर्तमान प्रअ अर्जुनकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

पूर्व विद्यार्थीले ग¥यो सम्मानै सम्मान कार्यक्रममा पूर्व विद्यार्थी समेत रहनु भएका सामाजिक विकास मन्त्री गीता तिम्सिना, पूर्व प्रअहरु हरि गड्तौला, चण्डीप्रसाद राई, अर्जुन बुढाथोकी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु देवराज भण्डारी, आइतकुमारी तुम्वापाे युवराज बास्कोटा, पत्रकार विमला तुम्खेवा, गायक महेश बुढाथोकी, पूर्व शिक्षकहरु विना राई, बुद्धिनाथ अधिकारी, दिनेश सुवेदी, विष्णुमाया विष्ट, गुरुप्रसाद दाहाल, विष्णुमाया ओडारी भट्टराई तिला ढुङ्गागालाई सम्मान गरेका छन् । त्यसैगरी पूर्व विद्यार्थी समेत रहेका राष्ट्रिय फुटबल खेलाडीहरु दीपक राई, दीपा न्याैपाने, पूर्व नेपाल जेसीजका अध्यक्ष अशोक शंकर, पत्रकार विमला तुम्खेवालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।