मेनु

दोस्रो साहारा भेट्रान फुटबलको उपाधि नेताचोकाे हातमा।थारू पाेर्टल

दोस्रो साहारा भेट्रान फुटबलको उपाधि नेताचोकाे हातमा।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता,

कार्तिक -२ ,गते

मोरङको पथरीशनिश्चरे स्थित भागिरथ माविको खेलमैदानमा भएको दोस्रो सहारा भेट्रान आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि नेताचोक भेट्रान एफसीले मोरङले हाता पारेको छ ।

आज भएको फाइनल खेलमा सेतुमारी भेट्रान क्लब दमक झापालाई २—१ गोल अन्तरले पराजित गर्दै नेताचोक भेट्रान एफसीलेले उपाधि उचालेको हो । नेताचोक भेट्रानको तर्फबाट दुवै गोल अनन्तराज चौधरीले गरेका थिए ।

सेतुमारी झापा भेट्रानको तर्फबाट कुमार गिरीले एक गोल फर्काएका थिए । फाइनल खेलको म्यान अफ द म्याच नेताचोकका खेलाडी डम्बर राई, हाई स्कोरर अनन्त चौधरी, बेष्ट गोल किपर दीपक दाहाल, बेष्ट कोच देवनारायण चौधरी घोषित भए । प्रतियोगिताको वेष्ट प्लेयर भने सेतुमारी झापाका खेलाडी खेम पोख्रेल घोषित भए । दुवै टिमबाट नेपालको राष्ट्रिय लिग खेलेका पूर्व खेलाडीहरु र नेताचोक भेट्रानबाट कोचको रुपमा नेपाल राष्ट्रिय टिमका पूर्व खेलाडी देवनारायण चौधरी रहेका थिए ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई क्रमस: नगद ५१ हजार र ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । फाइन खेलमा प्रदेशको सामाजिक विकास मन्त्री गीता तिम्सिना, संविधान सभा सदस्य चण्डीप्रसाद राई, १ नं. वडा अध्यक्ष भीमकुमार राई, ४ का लोककिरण न्यौपाने, १० का जीवन खतिवडा लगायतको उपस्थिति रहेको थियो । असोज २५ गतेदेखि सुरु भएको प्रतियोगितामा मोरङ र झापाको ८ टिम सहभागी रहेका थिए ।

सहारा भेट्रान फुटबल क्लबका अध्यक्ष मिनबहादुर बस्नेत अध्यक्षतामा भएको प्रतियोगिता सुरु हुनु अघि आयोजकको तर्फबाट प्रेम वनेमले खेल आयोजना गर्नुको करणहरु बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।