मेनु

पथरी शनिश्चरेमा ‘सिर्जना मझेरी’को कार्यक्रम सम्पन्न  गुञ्जाए साहित्यिक माहोल ।थारू पाेर्टल

पथरी शनिश्चरेमा ‘सिर्जना मझेरी’को कार्यक्रम सम्पन्न  गुञ्जाए साहित्यिक माहोल ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता,

कार्तिक -१ गते

मोरङको पथरी शनिश्चरे नगरपालिका–१, रत्नचोक अवस्थित मनोहर होटलमा भएको कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा ‘सिर्जना मझेरी’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका साहित्यकारहरूले आफ्ना सिर्जनामार्फत साहित्यिक माहोललाई उत्साहित बनाएका थिए। कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापाे प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो ।

नगर प्रमुखले नगरमा साहित्य, कला र संस्कृतिको विकास तथा प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने बताउनु भएको छ । कार्यक्रममा साहित्यकार आचार्य प्रभाले प्राकृतिक विपद्का कारण देश प्रभावित भइरहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभएको थियो।

साहित्यिक प्रस्तुतिका क्रममा इटहरी, बेलबारी, लेटाङ, पथरी र उर्लाबारीलगायत विभिन्न क्षेत्रबाट सहभागी साहित्यकारहरूले कविता, गीत, गजल र मुक्तक प्रस्तुत गरेका थिए।

अग्रज साहित्यकार केशव आचार्य, रोहित पराई, रविन भट्टराई, गणेश वाच्छना राई, अमीर राई ,सुमन राई लक्ष्मीप्रसाद फूयाल, विद्राेही कान्छा, भूमिप्रसाद पाठक, सूर्यप्रसाद रिमाल,काेपिलाआचार्य रिमाल भाेजकुमार राई र दीपक दियालो, लगायतले आ–आफ्ना सिर्जनामार्फत दर्शक तथा साहित्यप्रेमीलाई मन्त्रमुग्ध बनाएका थिए।

साहित्यिक प्रतिभाको पहिचान, सिर्जनाको आदानप्रदान तथा भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सिर्जना मझेरी’ कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ। साेही कार्यक्रमकाे अध्यक्षता कला साहित्य प्रवर्द्धन समितिका अध्यक्ष अमीर राईले गर्नुभएको थियाे। साे कार्यक्रमको संयोजन तथा सञ्चालन साहित्यकार भूपेन्द्र तिम्सिनाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।