मंसिर, ११ ।शुक्रबार

‘विश्व शान्तिका लागि धर्म संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ मोरङको सुनवर्षी नगरपालिका–४, बटरवारीमा महिला समूहको आयोजनामा भव्य सामा चकेवा उत्सव सम्पन्न भएको छ। कार्यक्रममा महिला समूहकी अध्यक्ष मीनादेवी यादवले मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। महिलाहरू एकजुट भएर आफ्नो संस्कृति संरक्षणमा जुट्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो।


कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, विशिष्ट अतिथिमा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–२ का सभापति यज्ञबहादुर कार्की , सुनवर्षी –४ का वडाध्यक्ष छेदिया यादव , पूर्वप्रधानाध्यापक चम्रु यादव, विनोद यादव, अमित यादव, प्रकाश यादव, अमरलाल यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुजाता यादव र पत्रकार सुनिल यादवले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।