मंसिर ११, शुक्रबार
रबिन्द्र बराल
मोरङको रंगेली ९ स्थित दोहमना धन्जुवा जोड्ने सडकखण्डअन्तर्गत बगानटोलको ऋषिदेव बस्तीमा निर्माण गरिएका संरचनालाई लिएर स्थानीयले प्रश्न उठाउ थालेका छन् । नाला निर्माण गर्ने नाममा घरघर अगाडि बनाइएका संरचना अहिले प्रयोगविहीन भईरहेकाे देखिन्छ ।

उक्त सडक कालोपत्रे भएको करिब ६ महिना बितिसक्दा पनि सडकको दुवैतर्फ निर्माण गर्नुपर्ने नाला अझै पूर्ण हुन सकेको छैन। नगरपालिकाले पश्चिमतर्फ मात्रै नाला निर्माण गर्ने क्रममा लाखौँ रुपैयाँ खर्च गरेको भए पनि काम अधुरै छाडिएको स्थानीयले बताए । नगरले नाला निर्माण गर्ने क्रममा बस्तीका घर अगाडि करिब ५० देखि ५५ स्थानमा साना पुलजस्ता संरचना बनाइएकाे छ । तर ती संरचना नाला हाे वा पुल हाे त्याे भने भन्न कठिन रहेको छ । कतिपय स्थानमा एउटा साइकलसमेत सहजै वारपार गर्न नसकिने अवस्थामा रहेको देखिन्छ ।

स्थानीयका अनुसार वर्षायाममा यी संरचनाका कारण आवतजावतमा थप समस्या हुने गरेको छ। विशेषगरी साना बालबालिकालाई विद्यालय आउजाउ गर्न तथा दैनिक कामकाजका लागि हिँडडुल गर्न कठिनाइ हुने गरेको स्थानीय साँच्चिकै आवतजावत सहज बनाउन बनाइएका हुन् कि बजेट खर्च गर्न मात्रै? लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका संरचनाबाट स्थानीयले सहज सुविधा पाउन नसक्नुले निर्माणको गुणस्तर, डिजाइन र उपयोगितामाथि प्रश्न उठाएको छ। सडक कालोपत्रे भइसकेको अवस्थामा समेत आवश्यक नाला निर्माण पूरा नहुनु र घरघर अगाडि बनाइएका संरचना प्रयोग गर्न असहज हुनु विकास निर्माणको योजना र कार्यान्वयनबीचको अवस्थालाई देखाउने विषय बनेको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।