कानेपोखरी (मोरङ)
विद्यानन्द चाैधरी

मोरङको कानेपोखरी ४मा तेस्रो खाेरिया च्यालेन्ज कप फुटबल प्रतियोगिता मंसिर २० गते देखी हुने भएको छ। स्थानीय तथा क्षेत्रीयस्तरमा फुटबल खेलको विकास गर्ने, युवालाई खेलकुदप्रति आकर्षित गर्ने र खेलकुदका माध्यमबाट प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो भन्ने जानकारी खेल संयाेजक संदिप खत्रीले जानकारी दिनु भयाे ।
आयोजकका अनुसार प्रतियोगिता आगामी २० गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कानेपोखरीसहित पथरी, टाँडी, धरान, विराटनगरलगायत विभिन्न क्षेत्रका फुटबल क्लबहरूको सहभागिता रहनेछ।प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख २१ हजार १२१ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ८१ हजार १८१ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ भने खेल संचालन गर्न ८लाख रूपैया अनुमानित खर्च हुने समेत जानकारी दिनु भयाे ।
प्रतियोगितामा सहभागी खेलाडीहरूका लागि निःशुल्क इन्डोर फिट तथा क्लबहरूको आवासको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान, खेलाडीको क्षमता विकास तथा फुटबल खेलको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।