'सित्तल भेट बस्यालकाे ‘यसपालीको दशैँ तिहार’ सार्वजनिक ।'

November 12, 2024

विज्ञापन
No data was found

असाेज १६।
नेपालीहरूको महान पर्व दशैँ तथा तिहारलाई लक्षित गरी तयार पारिएको नयाँ गीत र म्युजिक भिडिओ सार्वजनिक भएको छ। सित्तल भेट बस्यालको शव्द संगीत र स्वर भरिएको ‘यसपालीको दशैं तिहार’ म्युजिक भिडिओ युट्युवमार्फत सार्वजनिक गरिएको छ।

गीतमा कारुणिक विषयबस्तु उठाउँदै चाडपर्वको रमाइलो विषयलाई पनि गाँसिएको छ। सोहीअनुसारको म्युजिक भिडिओ बनेको निर्देशक सित्तल भेट बस्यालले जानकारी दिए। गीतको एरेन्ज योगेशकाजी शाहले गरेका छन्। मनोज परियारले रेकर्डिङ, मास्टरिङ र मिक्सिङ गरेको गीत एसएमएस एचडिमा रेकर्ड भएको गरिएको हो। परदेशी तथा लाहुरेको कथा समेटिएको म्युजिक भिडिओमा भेट बस्यालसहित रिचा थापा, एलिना केसी, ईश्वर दुलाल, देवी प्रसाद, रोमा बिष्टलगायत कलाकारहरूको अभिनय छ। निरन श्रेष्ठको नृत्य निर्देशन रहेको भिडिओेलाई बासु बरालले छायाङ्कन गरेका हुन् भने टिकेन्द्र शाहीले सम्पादन तथा कलर करेक्शन गरेका छन्। भिडिओको सहायक निर्देशन दुलालले गरेका हुन्। भिडिओ लाई वाइड नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडिओः https://www.youtube.com/watch?v=Djw9VeB6Y24

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.