'सुनाखरी माध्यमिक विद्यालयद्वारा न्यानो कपडा वितरण ।थारु पाेर्टल'

January 3, 2025

विज्ञापन
No data was found

मोरङ्गको पथरी शनिश्चरे वडा नं -१ मा रहेको सुनाखरी माध्यमिक विद्यालयद्वारा जाडोको न्यानो कपडा वितरण गरेको छ। शुक्रबार दिउँसो विद्यालयको प्राङ्गणमा कक्षा -१ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो। पथरिशनिश्चरे वडा नं -१ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा १सय६० जना नानीबाबुहरूलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको थियो। उक्त अवसरमा ऊनीको स्वीटर, टोपी, ट्राउजर, मोजा, बिस्कुट र चकलेट समेत वितरण गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.