मेनु

धनपालथान गाउँपालिकाको वडा न- ७ कदमाहामा भिषण आगलागी ।थारु पाेर्टल

चैत्र।५।कदमाहा

मोरङको धनपालथान गाउँपालिकाको वडा न- ७ स्थित कदमाह गाँउकाे खुर्सिद मियाँ र मोहम्मद हनिफ मियाँको जोडिएको घरबाट आगलागी सुरु भएर १५ वटा घर जलेर नष्ट भएकाे छ ।

सोही वडाका  वडा अध्यक्ष सन्तोष यादवका अनुसार ४ वर्षीया रेश्मा खातुनकाे आगाेले जरेर मृत्यु भएकाे छ ।  सोही घरमा पाहुना आएका एक ७ वर्षीय बालकको समेत जरेर मृत्यु भएकाे छ ।

घरकाे  चुल्होबाट आगलागी सुरु भएको हुनसक्ने अनुमान गरेका यादवले दुवै खुर्सिद र हनिफको घरबीचमा बाँसको टाटी जस्ताे पातलाेले घेरेको थियो । आगाे निभाउन  कानेपाेखरी ,विराटनगर, रंगेली लगायतबाट वारुणयन्त्र  पुगेर  आगलागी नियन्त्रणमा आएको छ । तर, आगलागी हावाकाे कारणले गर्दा वढीघरहरु जलेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्