'कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल'

May 24, 2025

विज्ञापन
No data was found

जेठ।११।कानेपोखरी 

 

कानेपोखरी गाउँपालिकाको आर्थिक सहयोग तथा रेमी परियोजनाको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका युवा–युवतीहरूका लागि ७ दिने तरकारी खेती तथा पशुपालन तालीम सफलतापूर्वक सम्पन्न भएको छ।

तालीम कानेपोखरी गाउँपालिका–२ को सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रम वडा नं. २ का वडा सदस्य भिक कार्कीको अध्यक्षतामा सम्पन्न भयो भने गाउँपालिकाका अध्यक्ष राजमती इङ्नाम प्रमुख अतिथिका रूपमा तथा उपाध्यक्ष भोला प्रसाद अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

तालीममा गाउँपालिकाका ७ वटै वडाबाट सहभागीता रहेको थियो। यस तालिमले विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारी तथा आत्मनिर्भर बन्ने सीप प्रदान गर्ने उद्देश्य राखेको थियो। सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरीएकाे थियाे भने तालिम निकै प्रभावकारी रह्याे ।

 

रेमी परियोजनाले बैदेशिक राेजबाट फर्केर आएकाहरुकाे लागी विभिन्न कार्यक्रमहरु गर्द आईरहेकाे जानकारी रेमी परियोजनाका राेजगार परामर्शकर्ता रमेश अधिकारीले वताउनु भयाे ।कार्यक्रम रेमी परियोजनाका रविन अधिकारीले सँचालन गर्नु भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.