मंसिर १६।
रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिकाले ३४ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत प्रदेश भरिमै पहिलाे पटक रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेलाकाे आयोजना गरिएको छ । उक्त कार्यक्रममा नगर भित्रका सामुदायिक बिधालय र संस्थागत बिधालय गरि जम्मा २० बटा बिधालय र क्यापसमा अध्यनरत किशोरीहरुकाे उल्लेख्य सहभागीता रहेको थियोे ।
उक्त कार्यक्रममा कक्षा ६ देखि १२ कक्षासम्म अध्ययनरत किशोरीहरूका लागि किशोरी स्वास्थ्य परामर्श मेलामा बिधालयका किशोरी हरुले गाउँ घरमा आफुहरुले खाँदै आएको विभिन्न प्रकारकारकाे परिकारहरु पकाएर अथिति तथा सहभागी हरुलाई पकाएर समेत बितरण गरेका थिए । किशोरी स्वास्थ्य परामर्श मेलामा महिनावारी सम्बन्धी परामर्श दिनुका साथै मेलामा महिनावारी स्वच्छता, किशोरी स्वास्थ्य सम्बन्धी जनचेतना तथा परामर्श, महिनावारिको चक्र, महिनावारिका समयमा देखिने समस्याहरूको व्यवस्थापन, बालविवाहका समस्यालगायतका विषयमा स्वास्थ्यकर्मीले किशोरीहरूलाई परामर्श दिइएका थिए ।
सो अवसरमा सहभागी रहेका बिधालयका बिध्यार्थी र विद्यार्थीहरूले बालविवाह, घरेलु हिंसालगायतका विषयलाई समेटेर सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए । मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरुषहरूका कारण महिला हिंसा बढेको र यसको अन्त्यका लागि सामाजिक व्यक्तित्व, सामाजिक अगुवा, राजनीतिक दल, सरकारी, गैरसरकारी संस्था एकजुट भएर अगाडि बढ्नु पर्ने बताए ।उनले प्रदेशमा लैंगिक हिंसा नियन्त्रण गर्न आवश्यक कानुन निर्माण गर्ने बताएका थिए । आगामी दिनमा प्रदेशमा सबै प्रकारको महिला हिंसा नियन्त्रणका लागि प्रदेश सभाबाट आवश्यक कानुन निर्माण गर्ने मुख्यमन्त्री कार्कीले प्रस्ट्याए ।

उनले किशोरीहरूको महिनावारी बढ्दो उमेरसँगै यो प्राकृतिक प्रक्रिया भएकोले त्यस बेला परिवारका अभिभावकहरूले पोसिलो खाना, हौसला प्रदान एवं स्वास्थ्य सम्बन्धी जानकारी दिनुपर्ने सुझाव दिएका छन । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले अहिले पनि पितृसत्तात्मक सोचाइबाट समाज अगाडि बढेको बताउँदै महिला विभिन्न प्रकारका हिंसाबाट प्रताडित हुनु परेको बताइन् ।

उनले समाजबाट महिला हिंसा नियन्त्रण गर्न सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अमरबहादुर विष्ट, रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवाल (बगडिया), उपप्रमुख भुमा पराजुली , कार्यकारी अधिकृत प्रदिप कुमार साह,कानेपाेखरी गाँउपालिका अध्यक्ष राजमति इङनाम , लेटाङ्ग नगरपालिकाका उपप्रमुख कृष्णकुमारी पोखरेल, गैरसरकारी संस्था महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा बिभिन्न बडा अध्यक्ष ,तथा सुनवर्सि, रतुवामाई र कानेपाेखरीका पालिका उप प्रमुख हरुकाे पनि सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी हरुले सचेतनामूलक कार्यक्रमलाई सबै पक्षले प्राथमिकतामा राख्दै काम गर्दै जानुपर्ने र यस्ता कार्यक्रम ले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने र समाजमा छोराछोरीबीच भेदभाव र महिला हिंसा नियन्त्रणमा सबै पक्षबाट सहयोग र साथ दिनुपर्ने बताएका छन ।