पुस ९ बुधबार
रबिन्द्र बराल

माेरङकाे हुलाकी सडककाे किनारमा चाेकचाेकमा बिहानैदेखि महिलाहरु भक्काकाे व्यपार गर्ने ब्यस्त हुन थालेका छन । जाडोयाम सुरु भएसंगै तराई भेगमा बसाेवास गर्ने अति बिपन्न घर परिवारका महिलाहरु भक्काकाे व्यवसायमा लागेका छन । उनिहरुले मंसिर महिना देखि सुरु हुने भक्का व्यपार माघ महिना भरि याे व्यपार गर्ने गरेका छन ।
बिहानकाे समयमा रंगेली बसपार्क ,मुख्य बजार, अस्पताल चाेक , तेत्रि टाेल , पिपल चाेक दलेली,थारू चाेक, केराैन, बयरवन र रमाइलाे लगायतका स्थानहरुमा महिलाहरुले भक्का ब्यापर गर्ने गरेका छन । उनिहरुले चामल लाई दिन भरी भिजाएर साँझकाे समयमा मिलमा लगेर वा ओखलीकाे माध्यमबाट पिठो तयारी बनाउनेे गर्देछन ।

त्यसैगरी उक्त पिठाेलाई एउटा भाडामा पानी उमालेर पानीको भाफमा पिठाे लाई बटुकामा पिठाे लाई हालेर पानीको बाफमा पकाउने गर्दछन । त्यसरी तयारी पारेर उनिहरुले प्रतिगाेटा ५ रुपैयाँ देखि १० रुपैयाँमा बिक्रीवितरण गर्ने गर्छन् ।महिलाहरुले अहिले बिहानै ५ बजे देखि १० बजे सम्म १० देखि १५ केजि सम्मकाे पिठोबाट भक्का बेचने गरेका छन । बिहानकाे खाजाकाे रुपमा बालबालिका देखि बृद्ध, तथा युवाहरु समेत भक्का बडिमात्रामा रुचाउने गर्दछन । रंगेली का ४५ बर्षिया आरती देवि मन्डलले दैनिकी ४ सय देखि ५ सय रुपैयाँ भक्का बिक्री गरेर कमाउने गरेकाे उनी बताउँछिन् । बिहानको समयमा भक्का लाई नास्ताकाे रुपमा सर्वसाधारण हरुले अत्याधिक रुपमा मन मनपराउने गरेकाेे स्थानीय हरिया देवि साह बताईन । अहिले भक्का संगसंगै आलु चपकाे बिक्री समेत बडि हुने गरेकाे स्थानीय रिता मंन्डलले बताईन ।