पुस,११। शुक्रबार

माेरङकाे रंगेली आसपासका सिमाक्षेत्रहरुबाट अबैध रुपमा टायल्सकाे बडि मात्रामा तस्करी हुने गरेको पाईएकाे छ । पछिल्लो समयमा घर बनाउदा घरकाे सौन्दर्यताका लागि मार्लवल र ट्याल्स लगाऊने हाेडबाजीनै चल्न थालेपछि खुल्ला सिमाक्षेत्रबाट अबैध रुपमा मार्वल , टायल्स धमाधम भित्रन थालेकाे छ । नेपालमा ६ सय रुपैयाँ प्रतिकाटुनमा बिक्रीवितरण भईरहेतापनी भारतमा भारतीय रुपैयाँ २५० रुपैयाँ नेपाली ४ सय रुपैयाँमा खरिदबिक्री हुदै आईरहेकाे र नेपाल भन्दा प्रतिकाटुनमा २ सय रुपैयाँ कम पर्ने भए पछि अबैध रुपमा नेपाल भित्रन थालेकाे हाे ।

रंगेलीकाे चाेप्राह, धनापट्टी सुनवर्सिकाे डाईनियाँ , सिक्टि , मायागन्ज, तथा झापाकाे गाैरिगञ्ज सिमाक्षेत्रबाट समेत लुकाई छुपाई अबैध रुपमा नेपाल भित्र्याउने स्राेतले बताएको छ । रंगेलीमा स्टाेक गरेर ब्यपारीहरुले उक्त टायल्स पथरी ,उर्लाबारी , केरावारी, लेटाङ,खाेर्साने र झापाकाे दमक, केरखा लगायतका स्थानहरु सम्म टायलस बिक्रीवितरणका लागि लैजाने गरेको स्राेतकाे दावी रहेको छ।
केही महिना अगाडि आन्तरिक राजस्व कार्यलय ईटहरीले टायलस राखिएकाे घरमा छापा मार्ने तयारी रहेको समयमा उक्त सुचना तस्करले जानकारी पाएपछि राता रात उक्त स्थानबाट टायलस अन्यत्र सारिएको थियोे । हिजाेकाे दिनमा सामान्य व्यवसाय गरेर आफ्नो परिवार पालनपोषण गरिरहेका व्यक्तिअहिले टायल्स तस्करीमा लागेपछि तस्करीको माध्यम बाट आफ्नो व्यवसाय बडाईरहेका छन। ईलाका प्रहरी कार्यलय रंगेलीले विभिन्न समयमा विभिन्न सामग्रीहरु बरामद गरेतापनि ट्यालस ठुलो मात्रामा तस्करी हुदा समेत प्रहरीले टायल्स बरामद हुन सकेको छैन ।