पुस, २७ ।
रबिन्द्र बराल

मोरङको रङ्गेली ७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिधालयले आन्तरिक अतिरिक्त क्रियाकलाप, हाजिरी जवाफ प्रतियोगिता र हस्त लेखन प्रतियोगिता समेत गराएकाे थियोे । कार्यक्रममा बिधार्थिहरुले मम, भक्का ,पानीपुरी, र भक्का बनाएर बिक्रीवितरण समेत गरेका थिए । बिज्ञान प्रयोगशाला, र लाेप भएका बस्तुहरु सङ्कलन गरेर प्रदर्शनीमा राखेका थिए ।

कार्यक्रमकाे प्रमुख अथिति नगरपालिका उप प्रमुख भुमा पराजुली, विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरंग प्रमुख सालिग्राम दाहाल, , बडा अध्यक्ष रामचन्द्र मंण्डल, प्रधानध्यापक बिश्वर सिहं मेवाहङ, बिधालय व्यवस्थापनका अध्यक्ष विरेन्द्र मण्डल , स्थानीय मचिन्द्र कटुवाल, नेपाल शिक्षक संघ मोरंग अध्यक्ष बिनाेद यादव, नेपाल शिक्षक महासंघ रंगेलीका अध्यक्ष चिरन्जवी काफ्ले , बिधालयका पुर्व शिक्षक तथा अन्य शिक्षकहरुलाई सम्मना पत्र र सहित दाेहस्लाह ओढाएर सम्मान समेत गरिएको थियोे ।

कार्यक्रममा माेफसलमा रहेर बिगत लामो समय देखि पत्रकारीता गर्दे आईरहेका एभिन्युज टेलिभिजनका माेरङ सम्मदाता, सप्तकोसी टेलिभिजन ,हिमाली सन्चार , थारु पाेर्टल अनलाइन ,रंगेली अप्डेटका सन्चालक,हिमपात अनलाइन ,मुलुकी खवर, आवर बिराटनगर ,साईनाे खवर लगायत आधादर्जन अनलाइनमा आवद्ध रहनु भएका रबिन्द्र बराललाई समेत बिधालय सम्मान पत्र सहित दाेसल्लाहा ओढाएर सम्मान गरिएको थियोे । कार्यक्रम अथितिहरुले स्थानीय सरकाले सामुदायिक बिधालयहरुकाे रेखदेख गर्ने थालेपछि बिगतका दिन हरु भन्दा अहिले सामुदायिक बिधालय हरुकाे पठनपाठन तथा भाैतिक संरचना निकै नै अगाडि बडिरहेकाे बताएका छन ।बिधालयकाे बार्षिक प्रतिवेदन बिधालयका प्रधानध्यापक बिश्वर सिहं मेवाहङले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अभिभावक र अथितिहरुलाई स साना बालबालिका हरुले नृत्य समेत गरेर सहभागी हरुलाई मनाेरञ्न गराएका थिए ।