माघ ५ साेमबार
रबिन्द्र बराल

मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई , कानेपाेखरी तथा धनपालथान लगायतका स्थानका गरिवतथा अतिबिपन्न घरपरिवारका महिलाहरूले कार्तिक महिना देखि बैशाख महिना सम्म गाउँघर बाट गाई ,गोरु, भैँसीको गोबर सङ्कलन गरेर बर्षभरिका लागि गुईठा बनाउ व्यस्त हुन थालेका छन ।अहिलेपनि गाई,गाेरुकाे गाेवरकाे माध्यमबाट दैनिकी छाक टार्नेकालागी एका बिहानैदेखि महिलाहरु गाउँ घरमा गुईठा बनाएर आफ्नो दैनिकी खान पकाउनका लागि दाउराको रुपमा प्रयोग गर्ने गरेको स्थानीय झिन्झि देवी महत्त्वले बताईन ।

बिजुलीबाट खानापकाउने प्रविधि आएतापनि ग्रामीण क्षेत्रमा अझै पुरानै पनि परम्परा शैलिमै गाेवर बाट गुईठा बनाएर आफ्नो घरमा दाउराको रुपमा प्रयोगमा ल्याईरहेका छन । माेरङकाे दक्षिण भेगमा बसाेवास गर्ने ऋिषिदेव, यादव, मंण्डल ,साह,राजवंशी लागायतका महिलाहरु अहिले गाई ,गाेेेरु, भैैंसीकाे गेवरबाट गुईठा बनाउन ब्यस्त हुन थालेका छन। गाईकाे गाेवरबाट बर्षेदिन सम्मका लागि गाेेेवर बाट गुईठा बनाएर आफ्नो घरमा खानापकाउनका लागि दाउराको जाेह गरिरहेका छन ।
महिलाहरुले सबैभन्दा पहिले गाेवरलाई पानीमा भिजाएर गिलाे पार्ने गर्दछन र गाेवर लाई पराल वा भुसमा मिसाएर डल्लो पारेर सनपाट बाट निस्केको सन्ठिकाे प्रयाेेेग, गरेर गाेवर लाई गाेलाे बनाएर घाममा सुकाउने गर्देछन । साे गुईठा १५ दिन भित्र सुकेपछि खाना पकाउने काममा प्रयोग गर्ने गरेको स्थानीय सन्तोषी देवी सरदारले बताइन्।
उनिहरुले ६ महिनाकाे अबधिमा बनाएकाे गुईठा पानी बाट सुरक्षित राखेर बर्षेदिन सम्मका लागि खानापकाउने काममा प्रयोग गर्ने गरेको र गोबरबाट बनाएको खानेकुराहरूको स्वाद पनि निकैनै फरक हुने र ग्यासबाट बनाइएको खानेकुरामा विभिन्न प्रकारको रोग लाग्ने भएतापनि गुइठाबाट बनाइएको खानेकुरामा आफूहरुलाई कुनैपनि रोगसमेत नलाग्ने गरेको अनिता देवी मण्डलले बताएकी छन्। ग्यासचुलाे तथा बिजुली बाट खाना पकाउने प्रबिधि बजारमा उपलब्ध भएता पनि आफुहरुले खरिद गर्नेका लागि नसकेका कारण आफुहरुले गाेवरकाे गुईठा बनाएर आफ्नो घरपरिवार लाई खाना पकाउनेे काममा प्रयोग गरिरहेका छन ।