माघ।१९।
विद्यानन्द चाैधरी

माघ १६ र १७ गते नवलपुरमा सम्पन्न स्कुलस्तरीय राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी ८ जना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न स्थान हासिल गरेका छन्।
शनिबार सम्पन्न फाइनल खेलमा मौसम लिम्बू र पूर्णिमा अधिकारीले प्रथम स्थान प्राप्त गरेका छन्। त्यसैगरी रोयल राई, आश्ना चौधरी र सूर्य चौधरीले दोस्रो स्थान हासिल गरेका छन्। यस्तै पूजन दंगाल, मिङ्मा डिकी शेर्पा र अंकित बोहोराले तेस्रो स्थान प्राप्त गरेका छन्।
विजेता खेलाडीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो।
कोशी प्रदेश सीएचआईटीएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलका अनुसार खेलाडीहरूले प्रतियोगिताका विभिन्न चरणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका हुन्।