माघ, १८।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुुल नाराकासथ दोश्रो वडा अध्यक्ष रतुवामाई खुल्ला T-20 क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । माघ १० गते देखि १७ गते सम्म भएको खेलमा मोरङ , झापा, सुनसरी र ईनरुवा गरी जम्मा १६ टिमको सहभागिता रहेको थियोे । उक्त खेलमा जिल्ला स्तरीय देखि प्रदेश १का सम्पूर्ण खेलाडी हरूको सहभागीता रहेको थियोे ।उक्त खेलमा प्रदेश १ कै सबैभन्दा ठूलो राशिको खेलमा प्रथम हुनेलाई नगद ७५ हजार , द्वितीय लाई ४१ हजार र ट्रफी तथा मेडल समेत रहेको थियोे । युवा तथा खेलकुद समिति रतुवामाइ-४ ले आयोजना गरेको थियोे ।
क्रिकेट खेलमा प्रथम रतुवामाइ-४,रबि ११ र द्वतियल ब्रदर्स ११ रतुवामाइ भएको भएको थियोे । उक्त खेलको म्यान आफ द म्याच – बिकास दास बिकास दास ५ हजार १ सय रुपैयाँ , बेस्ब्याबट्समेन- बिकास दास, बेस्ट विकेट किपर- अमर राई, इमर्जिङ प्लेयर – जीवन ताजपुरिया ,बेस्ट बलर- सिबम यादव बिजय घाेषित भएका थिए । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका मेनेद्र रिजाल, दिलिप बगडिया, विभिन्न बडाका अध्यक्ष ,स्थानीय ,समाजसेवी , बुद्धिजीवी ,युवा,युवती लगायतकाे समेत उपस्थिति रहेको आयाेजकका कुमार पाैडेलले जानकारी दिएका छन ।