माघ ,२०। मंगलबार

मोरङको रंगेली ५ स्थित धनपट्टीमा एक पुरुषले श्रीमतीको हत्यापछि आफैले आफ्नो प्राण त्यागेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बिहानका राति २ बजेको समयमा रंगेली ५ का अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले श्रीमती २१ बर्षिया अम्बिका कुमारी मण्डललाई चक्कु प्रहारी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लीलाराज लामिछानेका अनुसार, घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिका कुमारी लाई चक्कुले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।मुकेशले चक्कुले प्रहार गर्दा अम्बिका कुमारीको घटनास्थलमै मृत्यु भएको र पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले अनुसन्धानलाई अगाडी बढाइएको बताएका छन ।