माघ ,२३ ,शुक्रबार
रबिन्द्र बराल

झापा गाउँपालीका बडा नम्बर ६ स्थित कचनवलमा रहेको श्री बाल आधारभूत विद्यालयमा अध्यनरत बालबालिका हरुलाई ब्याग बितरण गरिएकाे छ । शिवता प्रतिष्ठानकाे १० ओै बार्षिक उपल्क्षमा माेरङ र झापाका बिधालयका बालबालिकाहरुलाई ब्याग बितरण गरिएको हाे । शिवता प्रेम प्रतिष्ठान नेपाल सन् २०१७ ई. मा स्थापना भएको थियोे ।
स्वर्गीय शिवता उपाध्याय ग्रेलाको स्मृतिमा स्थापित गर्नुका साथै उक्त संस्थाले निःस्वार्थ प्रेम, करुणा र सामाजिक उत्तरदायित्वलाई मूल मूल्यका रूपमा अंगाल्दै प्रतिष्ठानले विशेषगरी महिला तथा बालिकाको शिक्षा र सशक्तीकरणका क्षेत्रमा याेगदान दिदै आईरहेकाे छ ।
बेल्जियम र नेपालमा सक्रिय यस प्रतिष्ठानले मेनिन्जाइटिस बी खोप सम्बन्धी जनचेतना फैलाउने, नेपालका विपन्न बालिकालाई छात्रवृत्ति प्रदान गर्ने तथा विपद् राहत कार्यमा सहयोग गर्दै आएको छ। स्थानीय संस्थाहरूसँग सहकार्य गर्दै शिक्षा, कला र करुणामार्फत उज्यालो भविष्य निर्माण गर्दै शिवताको सपना र मूल्यलाई जीवित राख्नु नै शिवता प्रेम प्रतिष्ठान नेपालको उद्देश्य हो। फाउन्डेसनकी अध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्व एवं पहिलो महिला कुलपति श्रीमती रागिनी उपाध्यायले पछिल्लो समयमा सामाजिक कार्यलाई निरन्तरता दिईरहेकाे उपाघ्ययाले बताईन ।