'दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप -२०८२ को उपाधि उर्लाबारी भेट्रान्सलाई ।थारू पाेर्टल'

February 8, 2026

विज्ञापन
No data was found

पथरी शनिश्चरे समाचारदाता,

माघ-२५

पथरीमा संचालित दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप २०८२ को उपाधि उर्लाबारी भेट्रान्स, मोरङले उचालेको छ। आज शनिबार सम्पन्न भएको उक्त गोल्डकप प्रतियोगिताको फाइनल खेलमा उर्लाबारी भेट्रान्सले सतिशाले भेट्टान्स मोरङ विरुद्ध २-० गोलले पराजित गर्दै उपाधि चुमेको हो। उर्लाबारी भेट्रान्सका निरु लिम्बु र जीवन लिम्बुले खेलको निर्धारित समयको दोस्रो हाफमा गोल गर्दै आफ्नो टिमलाई विजय हासिल गराए । आजको खेलमा उर्लाबारी भेट्रान्सका विकास राई ‘भेट्रान्स अफ दि म्याच’ घोषित भए।

उर्लाबारी भेट्रान्सका गोलकिपर विनोद गौतमले गोल्डेन ग्लोब प्राप्त गरे भने सतिशाले भेट्रान्सका खेलाडीदय जीवन लिम्बु र निरु लिम्बुले क्रमश : गोल्डेन बुट र गोल्डेन बल प्राप्त गरेका थिए। खेल समापन समारोहका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राई , आयोजक समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, शैक्षिक अभियन्ता तथा समाजसेवी प्रदिप कुमार राई, वडा सदस्य चन्द्रकुमार राई लगायतले उनीहरूलाई जनही ५ हजार नगदसहित ट्रफी तथा मेडल पुरस्कार प्रदान गरिएको थियो। विजेता टिमले एक लाख ११हजार १ सय,११ रुपैयाँ र उपविजेताले ५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र ट्रफी पुरस्कार प्राप्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.