पथरी शनिश्चरे — पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा राति करिब २:३० बजे आगलागीको घटना भएको छ।

आगलागीबाट स्थानीय ज्ञाननाथ अधिकारीको घर र गुवाली तथा चन्द्र अधिकारीको घर र गुवालीमा सामान्य क्षति पुगेको स्थानीयवासीले बताएका छन्। आगो लाग्ने कारण भने खुल्न सकेको छैन।
आगो नियन्त्रणमा लिन स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेना सहित कानेपोखरी र पथरीका दमकल टोलीको सक्रिय सहभागिता रहेको थियो। सबै पक्षको संयुक्त प्रयासबाट आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागीको विस्तृत विवरण तथा क्षतिको यथार्थ मूल्यांकनका लागि सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ।