फागुन।२४। कानेपाेखरी।
सामाजिक व्यक्तित्व दुर्गा प्रसाद रेग्मीको निधन भएको छ। उहाँको आकस्मिक निधनले राजनीतिक तथा सामाजिक क्षेत्रलाई स्तब्ध बनाएको सहकर्मीहरूले बताएका छन्।
निर्वाचन क्षेत्रीय समिति मोरङ क्षेत्र नं. २ का सचिव टिकाराम ढकालले विज्ञप्ति जारी गर्दै हिजोसम्म देश, समाज र राजनीतिका विषयमा सँगै बसेर छलफल गर्ने प्रिय साथी अचानक बीचबाट बिदा भएको खबरले आफूहरूलाई गहिरो दुःख लागेको उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार रेग्मीको सरलता, स्पष्टता र संघर्षशील स्वभाव सधैं सबैको स्मृतिमा रहनेछ। ढकालले दिवंगत रेग्मीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

रेग्मीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भोलि मिति २०८२ फागुन २५ गते दिनको ठीक ११ बजे दोहमना बजारमा भेला भई अन्तिम अन्त्येष्टि कार्यक्रम गरिने जानकारी दिइएको छ। सो कार्यक्रममा सम्पूर्ण पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गरिएको सचिव ढकालले बताउनुभयो।
टिकाराम ढकाल
सचिव
निर्वाचन क्षेत्रीय समिति
मोरङ क्षेत्र नं. २
