फागुन।२८,कानेपोखरी
विद्यानन्द चाैधरी

मोरङको कानेपोखरी अस्पताल मा पहिलोपटक फोक्सोमा जमेको पानी निकाल्ने उपचार सफलतापूर्वक गरिएको छ।

अस्पतालका चिकित्सक डा. अभिजित खड्काको नेतृत्वमा ममता लिम्बुको फोक्सोमा जमेको पानी निकाल्ने प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो। उपचारका क्रममा बिरामीको फोक्सोमा करिब २ देखि ३ लिटर पानी रहेको अनुमान गरिएको चिकित्सकले बताएका छन्।
चिकित्सकका अनुसार समयमै उपचार गरिएकाले बिरामीको स्वास्थ्य अवस्था अहिले सुधार हुँदै गएको छ। स्थानीय स्तरमै यस्तो जटिल उपचार सफल भएपछि कानेपोखरी क्षेत्रका बिरामीहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।

अस्पताल प्रशासन प्रमुख राेहिन्द्र राजभण्डारीका अनुसार यस प्रकारको उपचार सेवा अब नियमित रूपमा उपलब्ध गराउने तयारी भइरहेको छ। स्थानीयले पनि कानेपोखरी अस्पतालमा पहिलोपटक भएको यस सफल उपचारप्रति खुसी व्यक्त गरेका छन्।२४सै घन्टा कानेपोखरी अस्पतालमा सेवा दिदै अाइरहेकाे समेत बताए ।