चैत।१४,कानेपोखरी।

चैत १ गते जगत ब. राई को घरबाट को २५ प २५६६ नम्बरको स्कुटर चोरी गरी फरार भएका कानेपोखरी–६ बिहिबारे बस्ने १९ वर्षीय केशब बि.क. लाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रमाइलोका इन्चार्ज सइ निलमणि पोख्रेलको कमान्डमा खटिएको टोलीले उनलाई चैत १२ गते बेलबारीबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरी पठाएको जनाएको छ।
यसैक्रममा, साइकल तथा मोबाइल चोरीमा संलग्न अन्य व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ। बेलबारी–७ बाहुनी बस्ने सन्जय कार्की र विकास चौधरी लाई चोरीका मोबाइलसहित नियन्त्रणमा लिई कारबाहीका लागि पथरी पठाइएको पोख्रेलले जनाएको छ।

त्यसैगरी चैत १४ गते लागूऔषध ‘ब्राउन सुगर’ सहित कानेपोखरी–६ बस्ने भिजन राई, दिपलुङ राई र फल कु नेङबाङ लाई पक्राउ गरिएको छ। उनीहरूले प्रयोग गरेको मे ११ प २२०४ नम्बरको मोटरसाइकल र बा ९३ प ३५५१ नम्बरको स्कुटर समेत बरामद गरी आवश्यक कारबाहीका लागि पथरी पठाइएको छ।
प्रहरीका अनुसार हालसम्म चोरी भएका ६ तोला सुन, २५ तोला चाँदी, नगद १ लाख २० हजार रुपैयाँ र ७ वटा मोबाइल सम्बन्धित धनीलाई फिर्ता गरिएको इन्चार्ज पोखरेलले जानकारी दिएका छन्।


हालका दिनहरूमा चोरीका घटना बढ्दै गएकाले विशेष गरी रातिको समयमा खसी–बोका समेत चोरी हुन थालेको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। अपरिचित व्यक्ति समूहमा देखिएमा नजिकको प्रहरीलाई तत्काल खबर गर्न पनि अनुरोध गरिएको छ। यी सब घटनाहरू कानेपाेखरीमा घटीरहेबकाे छ ।यसलाइ राेक्न गाउँवासी ,राजनितीदल, जनप्रतिनिधी तथा सराेकारबाल एव्म अभिभाबकहरू सबै मिलेर लागे बढ्दै गएका चोरी,लागूऔषध नियनत्रण गर्न सकिनेइन्चार्ज पोखरेलले सबैकाे साथ सहयाेगकाे समेत अपेक्षा राखेका छन ।