'कानेपोखरी गाउँपालिकामा आधारभूत तह स्तरीय परीक्षाआज १२ वजे बाट सुरु ।थारू पाेर्टल'

March 29, 2026

विज्ञापन
No data was found

१५ चैत, कानेपोखरी

कानेपोखरी गाउँपालिकामा आधारभूत तह (कक्षा ५ र ८) को पालिका स्तरीय वार्षिक परीक्षा अाज देखि सुरु हुँदैछ।

कक्षा ५ मा ८९४ र कक्षा ८ मा ८०४ गरी कुल १,६९८ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। कक्षा ५ को परीक्षा आफ्नै विद्यालयमा हुने व्यवस्था गरिएको छ भने कक्षा ८ का लागि विभिन्न विद्यालयहरूमा परीक्षा केन्द्र तोकिएको छ।

परीक्षा चैत १५ देखि २२ गतेसम्म दिउँसो १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अंग्रेजी विषयबाट सुरु भई अन्तिम दिन स्थानीय विषय ‘कानेपोखरीको सेरोफेरो’ को परीक्षा हुनेछ।गाउँपालिकाले परीक्षा सञ्चालनका लागि विभिन्न विद्यालयहरूमा केन्द्र निर्धारण गरिसकेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.