चैत्र, १५। आईतवार

मोरङको सुनबर्सी नगरपालिका ६ पटियापाडा स्थित पासवान टाेलमा विगत ३० वर्षदेखि १० धुर ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका वर्ष ६५ का फुलुवा पासवान विगत सात वर्षदेखि प्यारालाइसिस भएपछि अहिले ओछ्यानको भरमा जीवन र मरणको अवस्थामा बाँचिरहेकाे खबर अनलाइनमा साता दिन अगाडि समचार सम्प्रेषण गरेपछि उक्त परिवारलाई राहत सामग्री पुगेको छ। रङ्गेली स्थित सद्भाव बचत तथा ऋण सहकारी संस्थाले मानवताको भावना देखाउँदै संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, श्रीप्रसाद ठाकुर, कामदेव मंण्डल, स्थानीय युवा हरूको रोहवरमा चामल, दाल, तेल, झुल लगायतका सामग्रीहरु हस्तान्तरण गरेकाे हाे ।
उक्त संस्थाले विगत लामो समयदेखि अति विपन्न घरपरिवारहरु लाई विभिन्न सामग्रीहरु हस्तान्तरण गर्दै आइरहेको छ । घरको आर्थिक अवस्थाका कारणले गर्दा उनले समयमै उपचार नपाएपछि आफ्नो परिवारलाई कसरी पाल्ने भनेर चिन्तित अवस्थामा रहेकाे र घरमा दुई छाक खाना समेत धौधौ परेको जानकारी एभिन्युज टेलिभिजनबाट प्राप्त भएपछि उक्त घर परिवारलाई संस्थाले सहयोग गरेको संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले जानकारी दिएका छन् ।
निजकाे श्रीमती जशियादेवी पासवान समेत विगत लामो समयदेखि घुडामा समस्या भएपछि अहिले उपचार गर्ने खर्च नभएपछि उनीहरुकाे परिवारमा निकै समस्या भाेग्दै आइरहेका छन । पासवान परिवारका कान्छा छाेरा धर्मेन्द्र पासवानले बिगतका दिनहरुमा जनमजदुरी गरेर आमा बुवाकाे पालनपोषण र उपचार गराउदै आईरहेता पनि बिगत ४ बर्ष देखि सामान्य बिरामी भए पछि उनका दाजुहरुले उपचारका लागि काेशी अस्पताल ,बिराट टिचिङ अस्पताल ,नाेवेल अस्पताल , घाेप क्याप लगायतका स्थानहरुमा उपचार गराउन लगेपछि डाक्टरहरुले धर्मेन्द्रकाे घाँटीमा नसा च्यापिएर उनको घाँटीकाे सल्यक्रिया गर्नु पर्ने भन्दै डाक्टर हरुले काठमाडौं स्थित काठमाडौ न्युराे सेन्टर बागवजार बिर अस्पतालमा उपचार गराउन सल्लाह दिएपछि उनका परिवार अझै थप चिन्तित अवस्थामा रहेका छन ।
डाक्टरका अनुसार उनकाे समयमै उपचार नभएमा उनकाे हातहरु दिनप्रतिदिन सुक्दै जानेर उनकाे स्वास्थ्यमा थप जटिल समस्या हुने बताएको उनकाे आमा जसियादेविले बताईन । पीडितका अनुसार अहिलेसम्म पनि उनको परिवारलाई नगरपालिका वडा कार्यालयहरूले कुनै पनि सहयोग नगरेको समेत बताएका छन् । वडा अध्यक्ष कमल मोक्तानले वडाको लेटर प्याडमा उक्त परिवारलाई आर्थिक सहयोग गरिदिनु भन्दै सिफारिस गरेका छन । तर साे परिवारलाई सहयोगका लागि कुनै ठाउँमा पहल समेत नगरिदिएकाे पिडित परिवारले बताए ।