१६, साेमबार ।कानेपाेखरी

६९औं राष्ट्रिय सहकारी दिवस मोरङकाे कानेपाेखरीमा हुने भएको छ । कानेपोखरी गाउँपालिकाको वडा न ६ रमाइलोमा मनाउन लागिएको हाे ।
समारोहलाई व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि मोरङ जिल्ला सहकारी संघका अध्यक्ष एवम् कार्य सम्पादन समितिका संयोजक राकेश दाहालको अध्यक्षतामा बसेको बैठकले विभिन्न १२ वटा उपसमितिहरू गठन गरिएकाे छ ।मोरङमा छरिएर रहेका सम्पूर्ण सहकारीकर्मीहरूलाई एउटै थलोमा समेट्ने उद्देश्यका साथ यश बर्षकाे सहकारी दिवस कानेपोखरीलाई मुख्य केन्द्र तोकिएको हो । सहकारी दिवसको गरिमालाई उच्च राख्न -याली, झाकी, स्वास्थ्य सेवा र व्यवस्थापनका लागि छुट्टाछुट्टै जिम्मेवारी बाँडफाँट गरिएकाे छ । दिवसको पूर्व सन्ध्यामा बिहीबार मोटरसाइकल -याली हुने जनाएको छ । उक्त -यालीका लागि हरिप्रसाद कोइरालालाई संयोजक तोकिएको छ ।


-यालीका लागि त्रिभुनाथ फुयल संयोजक एवम् राजेश कार्की र कुमार फुयल सदस्यहरू रहेका छन् । स्वयंसेवक परिचालनमा देवेन्द्र थापा र स्वास्थ्य शिविर तथा आपतकालीन व्यवस्थापनमा यसोदा लिम्बूले नेतृत्वकाे जिम्मेवारी दिएको छ । स्वागतका लागि कृष्णमाया विष्ट र आकर्षक मञ्च व्यवस्थापनका लागि राजेश कार्कीको समिति लाई जिम्मेवारी दिएको छ ।
आर्थिक व्यवस्थापनको जिम्मेवारी ई. कमलेश्वर ठाकुर र दिवसको व्यापक सञ्चार तथा प्रचारप्रसारका लागि विजय खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रचार प्रसार समितिका सदस्यहरूमा हरि कोइराला, अविनास निधी, एविन्द्र पाठक र रविन्द्र बराल छनाेट भएका छन् । खानेपानीमा कमला योञ्जन, पार्किङमा होमनाथ दवाडी, दीप प्रज्ज्वलनमा हिमप्रसाद तिम्सिना र झाकी प्रदर्शनमा गणेश राईले संयोजन गर्ने निर्णय भएको छ।

सो दिवसलाई भव्य रुपमा मनाउन रमाइलो जनएकता सहकारी संस्थाले प्रमुख भूमिका निर्वाह गरिरहेको बताइएको छ ।बैठकमा बोल्दै संयोजक दाहालले सहकारीको शक्ति र एकता प्रदर्शन गर्न यो दिवस कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । जिल्लाभरका सहकारी संस्थाहरूको उत्साहजनक सहभागिता रहने यस कार्यक्रमले कानेपोखरीको पहिचानलाई समेत थप उचाइमा पु-याउने अपेक्षा गरिएको छ ।