'सद्भावले गर्‍यो रक्तदान कार्यक्रम ।थारू पाेर्टल'

April 1, 2026

विज्ञापन
No data was found

चैत्र १८, बुधबार |

रबिन्द्र बराल

“रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले यसपटक पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएको जनाएको छ।

६९ औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाइटी, विराटनगरसँगको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिएको थियो।

कार्यक्रममा २६ जना स्थानीयवासी, बुद्धिजीवी, युवा, सेयर सदस्य तथा बचतकर्ताहरूले रक्तदान गरेका थिए। पछिल्लो समय यस क्षेत्रका बिरामीहरूका लागि रगतको अभाव बढ्दै गएको र विभिन्न रोगका कारण रगतको आवश्यकता अत्यधिक हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुरले जानकारी दिए।

कार्यक्रमले रक्तदानप्रति जनचेतना फैलाउनुका साथै बिरामीहरूलाई आवश्यक रगत उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.