चैत्र १८।बुधबार
रविन्द्र बराल

मोरङको सुनबर्सी नगरपालिका ६ स्थित पथरी डाइनिया तथा सिक्टि जोड्ने सडक अन्तर्गत खिखिडागी चाेक हुुदै २ किलोमिटर सडककाे काम सुरु भएको छ। काम सुरु भएतापनि सो सडकको काम भने गुणस्तरीय रहेको स्थानीय हरुले बताउँदै आइरहेका छन् । सडकको निर्माणकार्य निकिता कन्ट्रक्सनले २ करोड लागतमा निर्माण कार्य सुरु गरेता पनि उक्त कम्पनीले कामसल काम गरिरहेको स्थानीय कमल साह ले बताएका छन् ।

साे सडक सिटी बोर्डरदेखि डाइनिया हुँदै पथरी सम्म २७ किलोमिटरको उक्त सडक विभिन्न ठाउँमा कालाेपत्रे सडकको काम निर्माण सम्पन्न भएतापनि केही स्थानमा कालोपत्रे काम चरणबद्ध रुपमा भइरहेको छ। उक्त पिचको मोटाई ४० एमएम हुनुपर्ने भए तापनि विभिन्न स्थानमा १० देखि १५ एम एम मात्रै मोटाई रहेको स्थानीय निर्मल उप्रेतीले बताएका छन्।


उनीहरुका अनुसार यसरी सडक बन्दा सडक ६ महिनादेखि एक वर्षभित्रै भत्किने र सडक बेकामे हुने समेत स्थानले बताउँदै आइरहेका छन्। निकिता कन्ट्रक्सनका इन्जिनियर अनुसार आफूहरूले मापदण्ड र आवश्यकता जति नै सामग्रीहरु हालेर सडक निर्माण कार्य गरेको समेत बताए । उक्त कम्पनीले सडक निर्माण कार्य गर्दा सूचना पार्टी कुनै ठाउँमा पनि नराखेको भेटिएको छ। यसरी सार्वजनिक स्थानको कार्य गर्दा सूचना पार्टी अनिवार्य राख्नुपर्ने हुन्छ तर उक्त कम्पनीले सूचना पार्टी समेत नराखेको भेटिएको छ । स्थानीयका अनुसार उक्त सडक निर्माण कार्य भइरहेता पनि त्यहाँका जनप्रतिनिधि मेयर उपमेयरहरूले समेत सडकको अनुगमन नगरेको आग्रह समेत स्थानीय बताए ।