'उर्लाबारीमा ३६ CHITF तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ सम्पन्न ।थारू पाेर्टल'

April 27, 2026

विज्ञापन
No data was found

उर्लाबारी, १४ वैशाख ।

मोरङको उर्लाबारी–३ स्थित सिरुझारमा ३६ जना खेलाडीहरुको तेक्वान्दो बेल्ट ग्रेडिङ सम्पन्न भएको छ ।

कोशी प्रदेश सिएच आईटिएफ तेक्वान्दो संघ अन्तर्गत सिएच आईटिएफ तेक्वान्दो मगलबारे डोजाङ्गको आयोजनामा शनिबार सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा नियमित बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा वाइट बेल्टबाट येलो बेल्टमा ३३ जना खेलाडी, येलो बेल्टबाट स्टेप ग्रीनमा १ जना, स्टेप ग्रीनबाट स्टेप ब्ल्युमा १ जना तथा स्टेप ब्ल्युबाट रेड बेल्टमा १ जना खेलाडीको सफलतापूर्वक बेल्ट ग्रेडिङ गरिएको थियो ।

कोशी प्रदेश सिएच आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलका अनुसार खेलाडीहरूले शारीरिक तथा मौखिक परीक्षा उत्तीर्ण गरेपछि मात्रै ग्रेडिङ प्रक्रिया पूरा गरिएको हो ।

सम्पन्न कार्यक्रममा ५५ जना खेलाडीहरूको सहभागिता रहेको थियो । साथै प्रशिक्षकद्वय आशिष भुजेल र आशिका शिवाकोटी, प्रदेश सचिव दिनेश सुब्बा लिम्बू, अतिथिका रूपमा सनम रोक्का लगायत अभिभावकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

कोशी प्रदेश सिएचआईटिएफले यसअघि पनि विभिन्न सेमिनार, गोष्ठी तथा प्रतियोगिताहरू सञ्चालन गर्दै आएको जनाएको छ । केही दिनभित्रै प्रदेशस्तरीय रेफ्री ट्रेनिङ तथा सेमिनार समेत आयोजना गरिने प्रमुख प्रशिक्षक भुजेलले जानकारी दिए ।

तेक्वान्दो खेलमार्फत बालबालिका तथा युवाहरूमा अनुशासन, आत्मविश्वास र शारीरिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.