बैशाख १६ बुधबार
रबिन्द्र बराल

मोरङको रङ्गेली ७ मा रहेको प्रभु बैंक अगाडि एका बिहानैदेखि वृद्धहरूको घुइँचो लाग्ने गरेको छ। नेपाल सरकारले प्रत्येक चौमासिकमा वृद्धहरूलाई वृद्धभत्ता बैंक खातामा उपलब्ध गराउन थालेपछि एका बिहानैदेखि वृद्धहरू आफ्नो भत्ताका लागि बैंकको मुख्य गेटमा बस्न बाध्य रहेका छन्। सुनबर्सी नगरपालिका वडा नम्बर ४ र ५ का वृद्धहरू आफ्नो भत्ताका लागि बिहान ६ बजेदेखि नै लाइनमा बस्न बाध्य रहेका छन्। नेपाल सरकारले प्रत्येक चौमासिकमा भत्ता उपलब्ध गराउँदै आइरहेको छ।


वृद्धाहरूको भत्ता बैंक खातामै आउने भएको हुनाले उनीहरू आफ्नो घरबाट बैंकसम्म आइपुग्नका लागि २०० देखि ३०० सम्म दैनिकी खर्च गरेर बैंकसम्म आउनुपर्ने बाध्यता रहेको छ। वृद्धहरूका अनुसार आफूहरूले एकै दिनमा भत्ता नपाउने र दुई दिन देखि तीन दिनसम्म लाग्ने भएका हुन भएकाले आफ्नो ५०० देखि १०००सम्म खर्च हुने गरेको र वृद्धहरू लाई वडाबडै भत्ता दिए आफूहरुलाई निकै नै सहज र सरल हुने र आफ्नो पैसा समेत बचत हुने उनीहरुले बताएका छन्। बैंकले पनि वृद्धहरूलाई टोकन प्रणाली गरेपछि उनीहरूलाई दैनिकी आवतजावतमा दुःख भईरहेकाे र निकै नै कष्टकर समेत पर्ने गरेको बताउँदै आइरहेका छन्।