असार ।१ साेमवार
रविन्द्र बराल

मोरङको रंगेली क्षेत्रमा पशुपालन व्यवसाय गर्दै आएका कृषकहरू उत्पादन लागत दिनप्रतिदिन बढ्दै गए पनि दूधको मूल्य वर्षौंदेखि स्थिर रहँदा व्यवसाय धरापमा पर्दे गईरहेकाे बताउदै आईरहेका छन । दाना, पराल र हरियो घाँसको अभाव, महँगो उत्पादन लागत तथा सरकारी सहयोगको कमीका कारण पशुपालन व्यवसाय संकटतर्फ उन्मुख भएको उनीहरूको भनाइ रहेको छ। सावित्री कृषि फमका सन्चालक फडिन्द्र सुवेदीका अनुसार अहिले दूध प्रतिलिटर ५५ रुपैयाँमा बिक्री गर्नु पर्ने बाध्यता रहेको तर उत्पादन लागतलाई हेर्दा कम्तीमा ७० रुपैयाँ प्रतिलिटर मूल्य निर्धारण हुनुपर्ने उनले बताए । गाईका लागि अति आव्सयक रुपमा चाहिने परालको अभाव र धान तथा गहुँ भित्र्याएपछि खेतमै परालमा आगो लगाउने प्रवृत्तिका कारण पशुचौपायाका लागि आवश्यक पराल पाउन निकैनै कठिन समेत पर्दे गएको कृषकहरुले बताए ।

अर्कोतर्फ दाना व्यवसायीहरूले आफूखुसी मूल्य निर्धारण गर्दा लागत झन् बढदै गएको रंगेलीका रुपनारायण निराैलाले दुखेसाे पाेखेका छन । रंगेली क्षेत्रका अधिकांश व्यावसायिक कृषकले २० देखि ३० वटा गाईभैंसी पालन गर्दै आएका छन्। एक कृषकले दैनिक १०० देखि २०० लिटरसम्म दूध उत्पादन गर्दै आएको बताएका छन्।


तर उत्पादनअनुसार उचित प्रतिफल नपाउँदा व्यवसाय टिकाउनै चुनौतीपूर्ण बन्दै गएको उनीहरूले बताएका छन । सावित्री कृषि फर्मका फडिन्द्र सुवेदीले सुरुमा खसीबाख्रा पालन गरे पनि सिजनमा मात्र बिक्री हुने र आम्दानी कम हुन थालेपछि दुई वर्षअघि गाईपालन व्यवसाय सुरु गरेको बताए। उनलेे भने अहिले मेरो फर्ममा १५ वटा गाई छन्। दैनिक १०० देखि ११५ लिटरसम्म दूध उत्पादन हुन्छ। तर उत्पादन लागतअनुसार मूल्य पाइँदैन। नयाँ सरकारले कृषकका लागि अनुदान तथा सहुलियत कार्यक्रम ल्याए व्यवसाय सञ्चालन गर्न सहज हुने बिष्वासा लिएका छन । त्यस्तै गृहणी लक्ष्मी कृषि फर्मका सञ्चालक चन्द्रबहादुर गौतमले ११ वर्षदेखि गाईपालन गर्दै आएको भएता पनि दूधको मूल्य नबढ्दा समस्या झन् बढेको बताए। उक्त गाईका लागि दैनिक ४ हजार रुपैयाँसम्म खर्च हुन्छ। दूधको मूल्य भने उही छ। दुःख गरेर परिवारको गुजारा चलाइरहेका छौं,” उनले गुनासो गरे। अर्केक कृषक हेमराज निरौलाले स्वदेशमै बसेर केही गर्ने इच्छा भएका युवालाई सरकारले सहुलियत र प्रोत्साहन दिनुपर्ने बताए। कृषक रूपनारायण निरौलाले घाँस संरक्षणका लागि आवश्यक साइलेज बनाउने मेसिन सरकारले सहुलियतपूर्ण रुपमा दिनुपर्ने उनले बताए ।

स्थानीय कृषकहरूका अनुसार पशुपालन व्यवसायले प्रत्यक्ष रूपमा स्थानीय स्तरमा केहीलाई रोजगारी सिर्जना गरिरहेको समेत बताए । गाईभैंसीको स्याहार, दूध संकलन, ढुवानीलगायत काममा स्थानीय युवाहरूले रोजगारी पाएका छन्। तर व्यवसायलाई टिकाइराख्न गोठ मर्मत, घाँस खेती विस्तार तथा आधुनिक उपकरणका लागि सरकारी सहयोग आवश्यक रहेको उनीहरूको भनाइ रहेको छ। सञ्जीवनी कृषि फर्मका सञ्चालक हेमचन्द्र अधिकारीले नेपालमै बसेर कृषि तथा पशुपालनमा लाग्न चाहने युवालाई सरकारले विशेष प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने र सरकारले अनुदान र सहुलियत उपलब्ध गराए युवाहरू विदेशिनु पर्दैन। हामीलाई व्यवसाय विस्तार गर्न थप सहज हुने उनको भनाइ रहेको छ । कृषकहरूले प्रदेश सरकार र स्थानीय तहले हरेक वर्ष घाँसको बिउ, कृषि सामग्री तथा पशुपालन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार सुरुका वर्षहरूमा केही अनुदान पाए पनि पछिल्ला वर्षहरूमा कुनै सहुलियत नपाउँदा पशुपालन व्यवसाय कठिन बन्दै गएको छ। दूध उत्पादनमा आत्मनिर्भर बन्ने सरकारी नीतिको चर्चा भइरहेका बेला रंगेलीका पशुपालक किसानहरू भने लागत र मूल्यबीचको असन्तुलनले व्यवसाय नै छाड्नुपर्ने अवस्था आउन सक्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्।