असार १३। रबिन्द्र बराल

पैसा र उमेर भएपछि मानिसहरू आरामदायी जीवनको खोजीमा सहर पस्छन् । तर, गण्डकी प्रदेशको पोखरा २८ मा जन्मेका ६० वर्षीय उद्यमी लिला कृष्ण भुर्तेल को कथा बेग्लै रहेको छ ।पोखरामा आरती सोप र आरती पेन्टस् जस्ता दर्जनौँ सफल उद्योग चलाएका भुर्तेलले जीवनको उत्तरार्धमा एउटा यस्तो जोखिम मोले, जुन काम वास्तवमा राज्यले गर्नुपर्ने थियो ।

उनले पोखराको आफ्नो जायजेथा र घरसमेत बिक्री गरेर मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित महादेवामा रहेको रतुवा खोलाको बालुवा भरिएको ३६ बिघा सुख्खा बगर खरिद गरे । विगत ७ वर्षदेखि दिनरात नभनी रगत-पसिना बगाएर उनले त्यो मरुभूमि जस्तो बगरलाई १४२ प्रजातिका जडीबुटी, मकै र सूर्यमुखी खेतीले ढकमक्क ढाकिने “हरित क्षेत्र” मा परिणत गरिदिए । आरती हर्बल प्रा.लि. आरती एरोमा प्रा.लि. र आरती एग्रो प्रा.लि. को संयुक्त ब्यानरमा हालसम्म १० करोड रुपैयाँभन्दा बढी व्यक्तिगत लगानी गरिसके तर, विडम्बना प्रकृतिका यी अनन्य प्रेमी र देशभक्त उद्यमी यतिबेला आफ्ना “छोराछोरी जस्तै” हुर्केका बिरुवा र सिंगो गाउँ नै रतुवा खोलाले बगाउने चिन्ताले पिरोलिएकाे उनलेे बताए।।बाढीको कटान र प्रशोधनको ढअभाव अहिले भुर्तेलले लगाएका जडीबुटीहरू प्रशोधन गरेर बजारमा लैजाने बेला भएको छ । तर, प्रशोधनका लागि उपयुक्त वातावरण र सरकारी समन्वय नहुँदा ती बहुमूल्य वनस्पति बगरमै अलपत्र पर्ने अवस्थामा छन् ।त्यसभन्दा पनि भयानक समस्या रतुवा खोलाको कटान बनेको छ ।

गत वर्ष मात्रै उनको ५ बिघा खेतमा लगाइएको जडीबुटी खेती खोलाले निलिदियो । खोलामा तत्काल तटबन्धन नगर्ने हो भने बाँकी ३१ बिघा जमिन र उद्यम मात्र होइन, सिंगो रतुवामाई गाउँ नै सखाप हुने निश्चित छ ।भुर्तेलले आफ्नै खर्चमा करोडौं खर्च गरे र विभिन्न सरकारी तथा गैरसरकारी निकाय चहारेर तटबन्धनका लागि अनुनय-विनय गरे । विभिन्न कार्यालयका कर्मचारीहरू आए, बगरमा हरियाली हेरेर “वाह, कस्तो राम्रो काम” भन्दै ताली बजाएर धन्यवाद दिए, तर तटबन्धनका लागि एउटा ढुङ्गो पनि नराखी फर्किए ।स्थानीय सरकारको गैरजिम्मेवार र विभेदकारी व्यवहार नगरपालिका माथि कटाक्षयो संवेदनशील विषयमा सबैभन्दा लज्जास्पद र गैरजिम्मेवार भूमिका रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंह गनगाई ले उद्यमी भुर्तेलले पटक-पटक तटबन्धनका लागि गुहार माग्दा मेयरले दिएको जवाफ सुन्दा लाग्छ— उनी नेपालका जनप्रतिनिधि होइनन्, कुनै विदेशी राज्यका अधिकारी हुन् ।

मेयरको गैरजिम्मेवार जवाफ: “तपाईँ पोखराको मान्छे, हामी तपाईँलाई सहयोग गर्न सक्दैनौँ भन्नु कत्तिकाे गैरपुर्ण जिम्मेवारी हाेला त । के पोखरामा जन्मेको नेपाली नागरिकले मोरङमा आएर १० करोड लगानी गर्दा, स्थानीयलाई रोजगारी दिँदा, र बगरलाई पर्यावरणमैत्री बनाउँदा ऊ ‘विदेशी’ हुन्छ? भोलि बाढीले यो क्षेत्र सखाप पार्दा के त्यो बाढीले “पोखरेलीको जग्गा मात्र बगाउँछु, रतुवामाईका रैथानेको छुँदिन” भन्छ र? उद्योगी भुर्तेलले त आफ्नो उद्यम भोलि यहीँ छोडेर जाने हो, तर मेयरको यो संकुचित र क्षेत्रीयतावादी सोचले भोलि सिंगो रतुवामाई डुब्दा त्यसको जिम्मेवारी कसले लिन्छ?राज्यले गर्नुपर्ने वातावरण संरक्षण र भोकमरी निवारणको काम एउटा व्यक्तिले गरिदिँदा प्रोत्साहन गर्नुको साटो “तिमी उताको, हामी यताको” भन्नु जनप्रतिनिधिको पदीय मर्यादा र संविधानको भावना विपरीतको पराकाष्ठा रहेको देखिन्छ । मेयरले भुर्तेललाई “पोखरेली” देखे पनि स्थानीय कृषकहरूले भने उनलाई आफ्नो “रक्षक” देखेका छन् । स्थानीय कृषकहरूका अनुसार भुर्तेलले लगाएका ती लाखौँ रुखबिरुवा र जडीबुटीले गर्दा नै अहिलेसम्म रतुवा खोलाको बाढी गाउँमा पस्न नपाएको उनिहरुले बताए ।