मेनु

मन्दिरमा चोरी गर्ने तीन जना मोरङको कानेपोखरीबाट पक्राउ।थारू पाेर्टल

साउन ३ । कानेपोखरी

मोरङको कानेपोखरीमा रहेकाे सावायहोङ किराँत महिम मन्दिरबाट बहुमूल्य सामान तथा बुट्टादार भाँडाकुँडाहरू चोरी गरेको आरोपमा तीन जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले साउन १ गते राति करिब २३:०० बजेको समयमा कानेपोखरी गाउँपालिका वडा नं. ५ स्थित कानेपोखरी चोकमा चेकिङ गर्ने क्रममा शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सावायहोङ किराँत महिम मन्दिरबाट भएको थियो चोरी गरेका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि सूक्ष्म रूपमा सोधपुछ तथा अनुसन्धान गर्दा उनीहरूले उक्त सामानहरू सावायहोङ किराँत महिम मन्दिरबाट चोरी गरेर ल्याएको स्वीकार गरेका छन्।

पक्राउ पर्ने व्यक्तिहरू दिवश दर्जी (वर्ष ३१) – मोरङ, उर्लाबारी नगरपालिका वडा नं. ७ विवेक विश्वकर्मा (वर्ष २६) – मोरङ, उर्लाबारी नगरपालिका वडा नं. ७ अर्जुन दर्जी (वर्ष १८) – मोरङ, उर्लाबारी नगरपालिका वडा नं. ७ का रहेका छन भने अनीहरूकाे साथबाट  चोरीका सामानसहित चोरी गर्न प्रयोग गरिएका हतियार र मोटरसाइकल समेत बरामद गरेको छ: नगद: रु. ६६५/-सवारी साधन: को ३४ प ५७७९ नम्बरको स्कुटर (१ थान) मन्दिरका सामानहरू: ढकी डलर (६२ थान), तामाको कलश (६० थान), घण्टी (१२ थान), तामाको दियो (४६ थान), र तामाको थाली (३ थान) हातहतियार/औजार: पिलास (१ थान), फलामको हाते हम्बर (१ थान), र ताला फुटाउन प्रयोग गरिने फलामको रड (१ थान)

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्र.ना.उ. मकेन्द्र कुमार मिश्रका अनुसार नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, पथरीमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।